आज बाट बाह्रबिसेले शुरु गर्यो राहत बितरण

अर्जुन शर्मा,बह्रबिसे, बैशाख २३ । 
बह्रबिसे नगरपालिकाले आजबाट वडावडामा राहत बितरण शुरु गरेको छ । आजबाट नगरपािलकाले गाउँ गाउँमा नै खाध्यान्न पुर्याउन शुरु गरेको नगरप्रमुख निमफुन्जो शेर्पाले जानकारी दिनुभएको छ । कार्यपालिकाको बैठकबाट बिश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाइरसको कारण बिहान बेलुका हातमुख जोडननै समस्या भएका बिपन्न परिवारलाई राहत बितरण गर्ने निर्णय भए सँगै राहत बितरण शुरु गरिएको नगरप्रमुख शेर्पाले बताउनुभएको छ ।
मंगलबार नगरपालिका वडा नं.१ घोर्थलिमा ८२ घरधुरिलाई राहत बितरण गरि राहत कार्यक्रमको शुरुवात गरिएको उहाँले बताउनुभएको छ । बितरण गरिएको राहतमा प्रति परिवार १ बोरा चामल, १ केजि चिनि, १ लिटर तेल र १ केजि नुन रहेको नगरपालिका वडा नं.१ अध्यक्ष कामि शेर्पाले जानकारी दिनुभएको छ । उहाँका अनुसनर यसैगरी नगरपालिका भित्रका सम्पुर्ण वडाका एकल परिवार, बृद्धा बृद्धी, दिर्घरोगिलाई राहत बितरण गरिने छ । 

, , ,