मृतकको सम्पर्कमा आएका ५४ जनाको स्वाब संकलन

अर्जुन शर्मा चौतारा, जेष्ठ ४ । 
शनिबार कोरोनाको संक्रमणबाट मृत्यु भएको मृतकको गाँउमा उनको सम्पर्कमा आएका मानिसहरुको कन्ट्रयाक टे«सिङ गरि कोरोना परिक्षणको लागि स्वाब संकलन गरिएको छ ।
बाह्रबिसे नगरपालिका वडा नं ९, राम्चे मृत्यु सुतकेरीको घर टोल परिवारका गरि जम्मा ५४ जनाको पिरिआर परिक्षण गर्नको लागि स्वाप संकलन गरिको जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिनुभएको छ । 
मृत्यु भएकी सुत्केरी महिलाको गाउँ बाह्रविसे नगरपालिका ९ स्थित राम्चेबाट सुरु गरिएको स्वाब संकलन परीक्षणका लागि काठमाण्डौं पठाइसकिएको छ ।
सुत्केरीको गाउँमा गरिएको स्वाबको रिरपोर्ट सोमबार साँझसम्म आइपुग्ने जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिनुभएको छ ।  उहाँका अनुसार मृत्यु भएकी महिलासँग सम्पर्कमा रहेका परिवार, आफन्त र स्थानीयको स्वाब संकलन गरिएको हो ।
भोलि पनि स्वाब संकलन हुनेछ  भोलि राम्चे, बाह्रविसे बजार र प्राथमिक स्वास्थ्य चौकी बाह्रविसेका स्वास्थ्यकर्मीको स्वाब नमूनाका लागि लिइनेछ । 
बागमति प्रदेश लगायत केन्द्रका स्वास्थ्य विज्ञ टोली ,जिल्लाका र्यापिड रेसपोन्स टोली तथा जिल्ला जनस्वास्थ्य कार्यालयका ३ जना चिकित्सकको टोलिबाट उनिहरुको स्वाप संकलन गरिएको हो  ।
बाह्रबिसे नगरपालिका– ९ राम्चे निवासी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाबाट शनिबार मृत्यु भएपछि थप सक्रमण फैलिन नदिन विज्ञ संलग्न र्‍यापिड रेस्पोन्स टोली आएको हो । प्रदेशका मन्त्रीहरु नेपाल र दुलाल दुबैजना त्यस स्थानमा पुगेर त्यसक्षेत्रका नागरिकलाई सान्त्वना दिने र प्रदेश सरकारको उपस्थिती गाउँमै देखाउनुभएको छ ।
यस्तै बिपतको सामना गर्न शुनकोशी गाँउपालिका वडा नंं. ७ पाङग्रेटारमा रहेको श्री शारदा देवि माध्यामिक बिद्यालयको भवनमा ५० बेड भन्दा बढीको बैकल्पिक क्षेत्रिय व्वारेन्टाइन तयार शुरु गरिएको छ । जिल्ला कोरोना संक्रकणकाट निकै नै जटिल मोडमा रहको हुदाँ उक्त क्वारेन्टाइन तयार गरिएको  जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिनुभएको छ ।

, , ,