श्री देवी हार्डवेयर र लायन्स क्लब अफ मेलम्ची द्वारा कोरोना रोकथाम कोषलाई सहयोग

मेलम्ची, जेठ ७ । 
श्री देवी हार्डवेयर प्रा.लि. मेलम्चीले मेलम्ची नगरपालिकाको कोरोना संक्रमण रोकथाम कोषमा रु १ लाख १० हजार रकम जम्मा गराएको छ ।
 कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगपालिकाले खडा गरेको कोरोना संक्रमण रोकथाम कोषमा बुधबार सो रकम सहयोग गरेको श्री देवी हार्डवेयर प्रा.लि. मेलम्चीका सञ्चालक तथा युवा व्यवसायी जनकलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।
२५ लाखबाट सुरु गरिएको उक्त कोषमा यस अघि विभिन्न व्यक्ति, संस्था र राजनैतिक दलहरुले रकम जम्मा गराएका थिए । सामाजिक उत्तरदायित्व अन्तर्गत विपत्तिको यस घडिमा सहयोग गर्नु सबैको उत्तरदायित्व रहेको उहाँले बताउनु भयो ।
यस्तै लायन्स क्लब अफ मेलम्चीले पनिकोरोना संक्रमण रोकथाम कोषलाई रकम सहयोग गरेको छ । लायन्स क्लब अफ मेलम्चीले मेलम्ची नगरपालिकाको कोरोना संक्रमण रोकथाम कोषमा रु ७० हजार ७ सय ७० रकम जम्मा गराएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगपालिकाले खडा गरेको कोरोना संक्रमण रोकथाम कोषका लागि सो रकम मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याललाई हस्तान्तरण गरेको लायन्स क्लब अफ मेलम्चीका सचिव शिवराम भट्टराईले जानकारी दिनुभएको छ ।
२५ लाखबाट सुरु गरिएको उक्त कोषमा यस अघि विभिन्न व्यक्ति, संस्था र राजनैतिक दलहरुले रकम जम्मा गराएका थिए ।

, , ,