असंगठित २३ मजदुरलाई जिससको खाद्यन्न

चौतारा, बैशाख २६ । 
जिल्ला समन्वय समितिले २३ जना असंगठित मजदुरलाई खाद्यन्न सहयोग गरेको छ ।
 सुनकोशी गाँउपालिका वडा नंं. ७ पाङग्रेटारमा रहेका असंगठित २३ जना मजदुरलाई  बिहान बेलुका छाक टार्नको लागि खाद्यन्न सहयोग गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिनुभएको छ । उनिहरुलाई १ बोरा चामल, १ केजि दाल, १ लिटर तेल र १ केजि नुन बितरण गरिएको जिल्ला समन्वय समितिका नायब सुब्बा बुद्धकुमार श्रेष्ठले बताउनु भएको छ । जिल्ला समन्वय समितिले जिल्लामा रहेर कार्य गरिरहेका र दैनिकि चलाउन नै असहज भइरहेका असंगठित मजदुरहरुलाई खाद्यन्न सहयोग गर्दै  आइरहेको छ । 

, , , ,