चौतारा टुडिखेलमा आपतकालीन उद्धार अभ्यास प्रदर्शन

अर्जुन शर्मा, चौतारा, जेष्ठ १ ।
सिन्धुपाल्चोक चौताराको टुडिखेलमा बिहिबार आपतकालीन उद्धार अभ्यास प्रदर्शन गरिएको छ ।


 बिश्व नै कोरोना भाइरस माहामारीको चपेटामा रहिरहदा जिल्लामा पनि उच्च जोखिम हुन सक्ने हुँदा जिल्ला बिपत व्यवस्थापन समितिले कोहि जिल्ला बासिमा कोरोना संक्रमण भएमा कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा आधारित रहेर डेमो प्रदर्शन गरिएको हो ।
जिल्लाका सम्पुर्ण स्थानिय तहका प्रमुख सहित स्थानिय तहका स्वास्थ्य संयोजकको समेत उपस्थित रहेको उक्त कार्यक्रममा सेनाले कोरोना भाइरस संक्रमण भै सकेपछिका चरण देखि संक्रमणका कारण बिरामीको मृत्यु भएमा सवको व्यवस्थापन कसरी गर्ने भनेर डेमो प्रदर्शन गरिएको थियो । जिल्लामा जटिल अबस्था आएमा उक्त परिस्थितिको सामना गर्नको लागि जानकारी मुलक उत्त सिमुलेसन प्रदर्शनि निकै नै  प्रभावकारीरहेको जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले बताउनुभएको छ । हामी संग भएको स्रोत, साधन र संयन्त्रको सहि रुपमा उपयोग प्रयोगमा ल्याउन सकेमा संक्रमणबाट जिल्लालाई जोगाउनृ समेत उहाँले बताउनुभएको थियो । 
उक्त अभ्यासमा  जिल्लामा कोरोना संक्रमण भइहाले बिरामीको उद्धार, उपचार र बिरामीको मृत्यु भएमा शव व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा चेतनामुलक प्रस्तुति रहेको जिल्ला बिपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभएको छ ।
कोरोनाको आशंका लागेमा कसरि बिरामिको उद्धार गर्ने देखि लिएर पीपीई लगायत आवश्यक सुरक्षा सामग्रीको प्रयोग, बिरामीको उद्धार, हस्पिटलमा ल्याएर उपचार गर्ने कार्यविधि उद्धार र बिरामीको उपचारपछि गाडीको निर्मलीकरण कसरी गर्ने, बिरामी बसेको ठाउँको निर्मलीकरण कसरी गर्ने भन्ने विषयमा पनि डेमो देखाइएको थियो । सेनाको समन्वयमा प्रहरी र रेडक्रसलगायत पूर्वअभ्यासमा सहभागी भएका थिए ।
यस्तै बिहिबार नै जिल्लमा रहेका २७ वटै एम्बुलेन्समा जिपियस जडान समेत गरिएको छ । उत्त जिपियसको माध्ययमबाट एम्बुलेन्स कहाँ छ र कता गइरहेको छ भन्ने बिषयमा जानकारी प्राप्त हुनेछ ।

, , , ,