नयाँ प्रजातिको बिरुवा फेला

रासस । 
वनस्पतिमा रुची राख्ने सिन्धुपाल्चोकको चौतारामा जन्मिएका वैज्ञानिक सरोजकुमार कसजूले नगरकोट क्षेत्रमा फेला पारेका बिरुवा विश्वमै नयाँ भएको पुष्टि भएको छ ।

कसजूले पत्ता लगाएको बिरुवाको नाम ‘थुनबर्जिया कसजूआना’ राखिएको छ । बेलायतको रोयल बोटानिक गार्डन एडिनबरा ९आइबीजीई० ले बिरुवाको नाम राखेको हो । कसजूले आफूले देखेका, चिनेका बिरुवाहरुको तस्बीर खिचेर विभिन्न संस्थामा पठाउने गर्नुहुन्थ्यो । त्यसै क्रममा उहाँले झण्डै चार वर्षअघि एउटा नौलो तस्बीर खिचेर आइबीजीईमा पठाउनुभयो ।
कसजूले पत्ता लगाएको बिरुवा नौलो भएका कारण आइबीजीईमा कार्यरत डा भाष्कर अधिकारी र जोन उडले त्यस बिरुवाको थप अध्ययन गरेर बेलायतबाट प्रकाशित हुने ‘क्यू बुलेटिन’ नामक जर्नलमा लेख छपाएपछि बिरुवाको औपचारिक पहिचान मिलेको हो ।
“संसारको विभिन्न देशमा नागरिक वैज्ञानिकले वनस्पति शास्त्रको अध्ययनमा निकै योगदान पु¥याएका हुन्छन्” आइबीजीईमा कार्यरत डा अधिकारीले भन्नुभयो, “तर नेपालमा नागरिक वैज्ञानिकले नयाँ प्रजातिको बिरुवा भेटाउने कुरा बिरलै हो, हामी कसजूप्रति आभारी छौँ ।”
विसं २०१४ माघ २५ गते चौताराको पुरानो बजारमा जन्मिएका उहाँले श्रीकृष्ण विद्याश्रममा प्रारम्भिक शिक्षा शुरु गर्नुभएको थियो । पद्मोदय माविबाट एसएलसी दिनुभएका उहाँले अमृत साइन्स क्याम्पसमा आइएस्सी गर्नुभएको थियो । कसजूलाई सिन्धुपाल्चोकमै पहिलो पटक एसएलसी पहिलो श्रेणीमा उत्तीर्ण गर्ने व्यक्तिका रुपमा चिनिन्छ ।
उहाँले त्रिभुवन विश्वविद्यालयबाट डीपीए र एमपीए गर्नुभएको   । विसं २०३३ बाट नेपाल वायुसेवा निगममा संलग्न कसजू त्यहाँको वाणिज्य विभागको निर्देशक हुनुभयो । ३८ वर्ष वायुसेवा निगममा काम गरी अवकाश प्राप्त उहाँ अहिले काठमाडौँको ज्ञानेश्वरमा बस्दै आइरहनुभएको छ ।

, , , ,