मेलचौर स्थित क्षेत्रिय क्वारेन्टााइनमा रहेका ८ जना घर फर्किए

चौतारा, बैशाख १९
जिल्लाको क्षेत्रीय क्वारेन्टाइन चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७  मेलचौरमा बैशाख ५ गते  नगरपालिका भित्रिएका विभिन्न वडाका ८ जनालाइ आज शुक्रबार आरडिटि परिक्षण गरि घर पठाइएको छ।


 बिभिन्न  जिल्लाबाट जिल्ला भित्र आएका ८ जनाकोनै आज चौध दिन पूरा भएकाहरुको परिक्षण गरिएको र सो परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएपछी घर पठाइएको नगरपालिकाका स्वास्थ्य प्रमुख शिब पुरीले जानकारी दिनुभएको  छ ।
 यस्तै आज झापाबाट नगरपालिका भित्रिएका ३ जनालाई भने आजै क्वारेन्टाइनमा राखिएको छ । अब उक्त क्वारेन्टाइनमा १७ जना रहेका छन् । 

, , ,