ईन्द्रावती गाउँपालिकाको सबै विद्यालयहरुमा पुगे पाठ्यपुस्तक

चौतारा, बैशाख ३१ । 
ईन्द्रावती गाउँपालिकाको सबै विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छ । 
 ईन्द्रावती गाउँपालिकाले बैशाख ३० गते भित्र सबै सामुदायिक बिद्यालयमा पाठ्यपुस्तक पूर्याउने गाउँपालिकाको योजना अनुरूप मंगलबार सबै बिद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराएको हो । लक डाउनका कारण देशका सबै शैक्षिक संस्था बन्द रहेको अवस्थामा गाउँपालिकाले आफ्नो विद्यालयहरुलाई आवश्यक पर्ने पाठ्यपुस्तकको व्यवस्था आफ्नो पूर्व योजना अनुसार नै गरिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बताउनु भयो । अब केही दिन भित्र सबै बिद्यार्थीको हातमा पुगी सक्ने पनि तामाङले जानकारी दिनुभयो ।  विद्यालयले निशुल्क घरघरमा पुर्‍याईदिने तामाङले जानकारी दिनुभयो हो ।
यस अघि त्रिपुरासुन्दरी गाउँपालिका ३ ले पनि आफ्नो वडाभित्रका विद्यार्थीलाई गाउँ गाउँ पुगेर किताब वितरण गरिएको थियो ।

, , ,