चीनद्वारा सिन्धुपाल्चोकलाई स्वास्थ्य सामग्री सहयोग

चौतारा, जेष्ठ ६ । 
चीनको न्यालम जिल्लाले सिन्धुपाल्चाकको लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
चिन सरकारले सिमा जोडिएको सिन्धुपाल्चोक जिल्ला लाई १ करोड रुपैयाँँ बराबरको स्वास्थ सामाग्री अनुदानमा मंगलबार हस्तान्तरण गरेको छ ।
मंगलवार मितेरी पुलमा चिनियाँ अधिकारी हरु ले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललगायतको सरकारी टोलीलाई सो सामग्री हस्तान्तरण गरेको हो । केही दिन अघि भएको सिमा बैठकमा प्रजिअ ढकालले सहयोग का लागि अनुरोध गर्नु भएको थियोे ।
न्यालमले डिस्पोजल मास्क १ लाख ३० हजार, एन नाइन्टिन फाइभ माक्स १५ सय, पीपीई ११ सय, इन्फ्रारेड थर्मो्मिटर १ सय ८ वटा, टेष्ट कीट १५ सय सिन्धुपाल्चोकका लागि सहयोग दिएको भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिनुभयो ।
प्रक्रिया पुगेपछि भोलि ती सामग्री सदरमुकाम ल्याउने सिडियो ढकालले बताउनुभयो । जिल्लामा ती सामागी जिल्ला कोभिड १९ विपद व्यवस्थापन कोषमा रहनेछन् ।

, , , ,