सांसदको पीसीआर परीक्षण गर्नु किटको दुरुपयोग मात्रः मन्त्री दुलाल

चौतारा, बैशाख २६ । 
संघिय  संसादको छैठौ अबिधेशन सुरु हुनु अघि सांसद तथा कर्मचारीको पीसीआर परीक्षण लागि स्वाब संकलन गरिएको प्रति बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युबराज दुलालले  किटको दुरुपयोग गरिएको धारण ब्यक्त गर्नुभएको छ ।
 उहाँले  भँन्नुभएको छ आरटी पिसिआर परिक्षणको राष्ट्रिय प्रोटोकल अनुसार जोखिमयुक्त स्थानको ट्राभल हिस्ट्री र लक्षण बिपरित सबै सांसदहरुको स्वाब कलेक्सन गर्नु किटको नोक्सानी मात्रै हो । यदि शँकास्पद ठाँउबाट कोहि माननीयहरु आउनु भएको छ भने परिक्षण गर्नु र स्वाब लिदा मुखबाट नभई नाकबाट लिनुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले  यो  बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बोल्नु पर्ने भन्दै  कोभिड १९को संक्रमरणको थप जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य सामाग्रीको आदर्शतम उपयोग गर्न आग्रह गरेका छन् । 
भयाबह स्थितीको लागि एकएक सामानको सहि प्रयोग र सुरक्षा गर्न जरुरी रहेको बताउदै सबै सँग बिनम्रतापुर्वक अनुरोध गर्दै हामी मन्त्री संसाद उच्च पदस्थ कर्मचारीले  एन ९५ मास्क  नलगाऔ स्वास्थ्य सेवामा तल्लिन जनशक्ति र संक्रमित वा बिरामीहरुलाई मात्र  एन ९५ मास्क सुहाँउछ ।

, , , ,