१९३७ परिबारलाई खाद्य सामाग्रीहरुवितरण गरेका छौँ लोक बहादुर बि क

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगर पालिका वडा नं ५मा पिता बुद्धबिर वि.क. र माताकृष्णमायाँ वि.क. को कोखबाटबि. स २०४७ सालमा मा जन्मनु भएका श्री लोक बहादुर बि क हाल जुगल गाउँपालिकाको प्रमुखप्रशासकिय अधिकृत समेतहुनुहुन्छ । लोकप्रिय समाचारलेउहाँ सँग गरेको छोटो कुराकानी

१हाल बिश्वब्यापी रुपमा फैलिरहेयको कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागी जुगल गाउँपालिकाले के के गरिरहेको छ?
कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि जुगल गाउँपालिका एकदम संवेदशील भएर लागि परिराखेको छ । सर्वप्रथम हामीले २०७६ माघको अन्तिममा बसेको गाउँसभा (सातौँ) मा नै कोरोना भाइरस संक्रमण रोकथामको बारेमा ७ बुँदे संकल्प प्रस्ताव पारित गरेका थियौँ । समुदाय, विद्यालयर गाउँसभा सदस्यहरुलाई जनचेतना मुलक कार्यक्रम गर्यौँम ।कोरोना भाइरस सम्बन्धि जानकारी गराउन प्रशिक्षक तयारी लगायतका पर्चा, पम्प्लेट, व्यानरछाप्यौँ । गाउँपालिका र वडा स्तरीय विपद व्यवस्थापन समितिलाई सक्रिय बनायौँ । स्वास्थ्य सम्बन्धि सल्लाह लिन टोल फ्रि नं 16601162001  जारी गर्यौँ  । ‍र्यावपिड रेस्पोन्स टिम, टास्क फोर्स, हाई कमान्ड जस्ता तत्काल काम गर्न टिम बनायौँ । Covid-19 Focal person- Health coordinator Anil Saud_तोक्यौँ ।स्वास्थ्य चौकीहरुमा स्वास्थ्यकर्मीहरुको अभाव हुन नदिन रिक्त रहेको दरबन्दीहरुमा करार मार्फत पुर्ती गर्न विज्ञापन गर्यौँम ।स्वास्थ्य संस्थाहरुमा नियमित औषधिहरुका साथै थप औषधी, मास्क, सेनिटाइजर, पि.पि.ई सेट पठायौँ ।स्वास्थ्यकर्मीहरुको मनोबल बढायौँ । वडाहरुमा मास्क, साबुन र धारा सहितको बाल्टिन बाँड्ने काम भयो । धेरै जसो सवारी साधन र मानिसहरु आवात जावत हुने बलेफी गाउँपालिका र जुगल गाउँपालिका बीचको सिमाना (ढाँडे) माहेल्थ डेस्क र चेक पोष्टको स्थापना गरेका छौँ । गाउँपालिका परिसर, चेकपोष्टबाट भित्रिने सवारी साधन र वडाका मुख्य बस्तीहरुमा Disinfectant छर्कने काम भएको छ । कोरोना संक्रमणको विरामी फेला परेमा एम्बुलेन्स सेवालाई निशुल्क बनाएका छौँ । एम्बुलेन्स चालकको सुरक्षाको निम्ति एम्बुलेन्समा बार लगाउनुको साथै चालकलाई मास्क, सेनिटाइजर, ग्लोभ्स, पि.पि.ई. उपलब्ध गराएका छौँ । अधिकांश तामाङ समुदायको बसोबास भएको गाउँपालिका भएकोले गाउँपालिका उपाध्यक्षबाट तामाङ भाषाबाट समुदायलाई संयमित र सुरक्षित हुन अनुरोध गरिएको छ ।फेसबुक लाइभ मार्फत गाउँपालिका अध्यक्षबाट सम्पूर्ण जुगलबासीहरुलाई सुरक्षित रहन अनुरोध गरिएको छ ।कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि आर्थिक तथा वस्तुगत सहयोगको अपिल गर्दै गाउँपालिकाद्वारा ३० लाखको कोष स्थापना गरिएको छ ।
२ बिदेशबाट आएका हरुलाई यो रोग लागेको पाइएको छ ?यस पालिकामा यस्ता रोगीछन कि छैनन ?
हामीले विदेशबाट आउनेहरु१६ जना व्यक्तिहरुको विवरण संकलन गर्‍यौँ। तीमध्ये एउटा (रोमानियाबाट चैत्र ५ गते आएको) अलि शंकास्पद ठानिएकोले स्वाब परीक्षणको लागि स्वास्थ्य प्रयोगशाला , टेकुमा पठायौँ तर परीक्षणमा नेगेटिभ पाइयो । वडा नं १ सेलाङ, लामीडाडाँ निवासी एक जना व्यक्तिको स्वाब परीक्षणको लागि स्वास्थ्य प्रयोगशाला टेकुमा पठाउँदा परिणाम ल्भनबतष्खभ प्राप्त भयो । बन्दाबन्दीको कारण प्रभावित जुगलका नागरिकहरु काठमाडौँबाट आफै बस रिजर्भ गरि गाउँपालिका भित्रिने क्रममा सबै यात्रुहरुको किट मार्फत आर.डि.टि. गर्दा एउटाको पोजिटिभ देखेपश्‍चात तुरुन्तै स्वाब परीक्षणको लागि स्वास्थ्य प्रयोगशाला, टेकु पुर्‍याइयो तर परीणाम नेगेटिभ नै प्राप्त भयो । त्यसैले हालसम्म यस गाउँपालिकामा कोरोना भाइरस संक्रमणको विरामी भएको पुष्टि भएको छैन ।
३ यस पालिकामालकडाउनको कतिको प्रभाब परेको छ? यसलाई कसरी व्यवस्थापन गरिएको छ ?
अवश्य नै नेपाल सरकारद्वारा देशभर घोषित यो लकडाउनले हाम्रो गाउँपालिकामा पनि सकारात्मक र नकारात्मक दुबै प्रभाव पारेको छ । यस गाउँपालिकामा भने कोरोना भाइरस संक्रमणबाट जोगिन विश्वभर अतिउत्तम उपायको रुपमा अवलम्बन गरिएको जो जहाँ छ त्यही सुरक्षित बस्ने, सामाजिक दुरी कायम गर्ने, भीडभाड नगर्ने, आफ्नै घरमा सुरक्षित बस्ने कुराहरुलाई जुगलबासीहरुले धैर्यतापूर्वक पालना गरिदिएको हुँदा गाउँपालिकामा लकडाउन सफल हुन गएको छ । तर गाउँपालिकाको वार्षिक योजनामा समेटिएका पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास जस्ता क्षेत्रहरुको कार्यान्वयनमा भने नकारात्मक प्रभाव परेको छ ।यसलाईव्यवस्थापन गर्न हामीले औषधी, खाद्यान्‍न, तरकारी तथा फलफूल, ईन्धन, हाईड्रोपावर निर्माण सामाग्री तथा गाउँपालिकामै भईरहेको विकास निर्माणका सामाग्रीहरु लगायत अत्यावश्यक कार्यहरुमा प्रयोग हुने सवारी साधनहरु आवागमनको लागि आवश्यक समन्वयको व्यवस्था मिलाई राखेका छौँ। गाउँपालिका जनताको नजिकको सरकार हो र जनताले पनि आफूलाई  पिरमर्का पर्दा सर्वप्रथम गाउँपालिकालाई नै सम्झने हुँदा सकेसम्म अत्यावश्यक कामहरुमा आवत जावतको व्यवस्थालाई सहजीकरणको व्यवस्था मिलाईदिएका छौ । त्यसैगरी विपद व्यवस्थापन साझा अधिकारको विषय पनि भएकोले हामीले जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा निरन्तर समन्वय तथा रिपोर्टिङ गरिराखेको छौँ ।गाउँपालिकाभित्र ट्याक्टर मेसिनबाट पूराना कपडा पेल्नेरौतहट जिल्लाका ३ जनाश्रमिकहरुलाई गाउँपालिकाले नै खाने बस्ने व्यवस्था मिलाईदिएको छ ।
४अन्य कामहरुके केभएका छन?
गाउँपालिकाबाट सदाझै हुने दैनिक प्रशासनसँग सम्बन्धित कामहरु नभएता पनि विपदको यो घडीमा कोरोना संक्रमण रोकथामलाई नै मूख्य एजेण्डा बनाई गाउँपालिकाको आधिकारिक मेसेन्जर ग्रुपमा भिडियो कल सहितको अनलाइन कार्यपालिकाको बैठकहरु बसेका छौ ।लकडाउनको कारण प्रभावित श्रमीक, विपन्नज,असहाय र विद्यार्थीहरुलाई राहत वितरण गर्न मापदण्ड बनाई मापदण्ड बमोजिम नामावाली सहितको अभिलेख तयार गरी चामल, दाल, तेल, गेडागुडी र नुन गरी गाउँपालिका भित्र ४१२ परिबार तथा गाउँपालिका बाहिर (काठमाडौँ उपत्यका बस्ने) कोठा कोठामा गई १५२५ परिबार गरी जम्मा १९३७ परिबारलाई खाद्य सामाग्रीहरुवितरण गरेका छौँ । कोरोनाको संक्रमण देखिएका बिरामीहरुलाई अलग्गै राख्‍नवडा नं ५ को पोखरेबेसी भन्ने ठाउँहरुमा १४ बेड सहितको सुरक्षित आवास निर्माण गरेका छौँ । अधिकांश जुगलका नागरिकहरुले स्वास्थ्य सेवा लिने बलेफी गाउँपालिकामा अवस्थित जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रमा ४ कोठे प्राथमिक उपचार कक्षको लागि आर्थिक सहयोग गरेका छौँ ।जमघट तथा भिडभाड जन्य धार्मिक तथा साँस्कृतिक गतिविधिहरु (विवाह, व्रतवन्ध, पूजा, मृत्यू सँस्कार आदि) लाई निरुत्साहित गरिएको छ ।गाउँपालिका अन्तरगतका सबै विद्यालयहरुलाई प्रविधि (सामाजिक सञ्‍जाल,टेलिफोन आदि) को प्रयोग मार्फत विद्यालय परीक्षाको नतिजा प्रकाशन गर्न सूचना जारी गरिसकेको छ ।ऋयखष्म(ज्ञढ सक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरु र राजनीतिक दलका प्रतिनिधिहरु संलग्न सहितको ६ बुँदे संकल्प पत्रमा हस्तारक्षर गरिएको छ । हालसम्म जम्मा ८३ वटा किट्स मार्फत आ.डि.टी गरिसकेको छ ।
५ अन्य विकासका कामहरु के के भएका छन् ?
जुगल गाउँपालिका विकासको मामिलामा जुन गतिमा अगाडी बढिरहेको थियो लकडाउनले गर्दा ठप्प प्राय भएको छ । तैपनि सम्झौता भएका केही सडक निर्माण सँग सम्बन्धित योजनाहरु, वडा कार्यालय भवन मर्मत, गाउँघर क्लिनिक निर्माण लगायत उपभोक्ता समितिबाट सम्पन्न हुने केही योजनाहरु सुरक्षित ढंगबाट सञ्चालन भईरहेका छन् ।
६. अन्त्यमा यहाँको भनाई केहि छ कि ?
लकडाउन सफल पार्न सम्पूर्ण जुगलबासीहरुले जुन धैर्यता देखाउनुभयोत्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु । जुगल गाउँपालिकाको स्वास्थ्य संस्थाहरुमा वस्तुगत सामग्रीहरु जस्तै थर्मल गन,मास्क, सेनिटाइजर, पि.पि.ई.सेट, ग्लोभ्स उपलब्ध गराई सहयोग गर्नुहुने सम्माननीय सभामुख  अग्नी प्रसाद सापकोटा,बलेफी हाईड्रोपावर लिमिटेडका सञ्‍चालक श्री उमेश कसजू,समाजसेवी ईश्वर गुभाजुलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु । त्यसैगरी कोरोना मुक्त गाउँपालिका बनाउन तथा जुगलका जनतामा खाद्यान्नको अभावहुन नदिन अहोरात्र खट्नुहुने गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ लगायतको जनप्रतिधिहरुको टिम, जलबिरे प्राथमिक स्वास्थ्य केन्द्र तथा गाउँपलिकाकै स्वास्थ्य कर्मीहरु, कर्मचारीहरुलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु ।


, , , , ,