पुनः शोकमा डुब्यो सिन्धुपाल्चोक,नेपालमा कोरोना संक्रमणबाट पहिलो मृत्यु

अर्जुन शर्मा, चौतारा, जेष्ठ ३ । 
सिन्धुपाल्चोक जिल्ला बाह्राबीसे नगरपालिका वडा नं. ९ महिलाको कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि भएको छ ।
 बिहिबार धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सिन्धुपाल्चोककी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । धुलिखेल स्थित ल्याबमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइएको थियो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पनि कोरोना पोजेटिभ नै देखिएपछि उनीको मृत्यु कोरोनाकै कारणले भएको वा हैन भन्ने बषियमा स्वास्थ्य मन्त्रालयको टोलि नै धुलिखेल आएर अनुसन्धान गरेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका थिए । परीक्षण सकिएपछिमात्रै ती सुत्केरीको कोरोनाबाट मृत्यु भए नभएको एकीन हुने  भनिएको थियो तर अनुसन्धानको क्रममा उनको कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि भएको छ । 
गत वैशाख २५ गते शिक्षण अस्पताल काठमाडौंबाट डिस्चार्ज गरी उनी घर गएकी थिइन् । तर, अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ३१ वैशाखमा बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो । आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले उनलाई बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रबाट धुलिखेल अस्पताल रिफर गरिएको थियो । ती महिलालाई बिहीबार साँझ धुलिखेल अस्पताल लगिएको थियो । उनको शनिबार राति नै सेनाको टोलिले पशुपति क्षेत्रमा रहेको इलेक्ट्रिक मेसिनद्धारा अन्त्यष्टि गरिएको छ ।
 शनिबार नै बसेको जिल्ला सुरक्षा समितिको बैठकले उनको गाँउलाई नै शिल गरेको छ । सम्भावित संक्रमणलाई रोक्न उक्त गाउँ शील गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिनुभएको छ । 
बाह्रबिसे नगरपालिका ९ र बलेफि गाउँपालिका ८ र ९ शील गरिएको छ । ती महिलाको माइती बलेफि गाउँपालिकाको ७ मा पर्ने हुँदा उकत क्षेत्रपनि शील गरिएको हो । उक्त शील गरिएका ठाउँहरुबाट कोही कसैलाई बाहिर जान नदिने र अन्य कोहीलाई आउन पनि नदिने भएको छ ।
शील गरिएका ठाउँका स्थानीयलाई घरबाहिर निस्कन नदिने र त्यसको व्यवस्थापन गर्न नेपाल प्रहरी, शसस्त्र प्रहरी र सेनालाइृ समेत जिम्मा दिइएको छ । 
ती महिलाको सम्पर्कमा रहेका व्यक्तिहरुलाई (कन्ट्रयाक्ट ट्रेसिङ) गरी पीसीआर परीक्षणका लागि क्वारेन्टाइनमा राखी स्वाब संकलन गरिने समितिको बैठकले निर्णय गरेको छ । साथै बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द पनि शील गरिने भएको छ । ती महिला उपचारका लागि त्यहाँ गएको हुनाले उक्त केन्द्र शील गरिने भएको हो ।

, , , ,