प्रेस काउन्सिल नेपालद्धारा ध्यानकार्षण

चौतारा,जेष्ठ ४ । 
प्रेस काउन्सिल नेपाल द्धारा संचार गृहलाई गम्भिर ध्यानाकर्षण गराएको छ ।
No photo description available.
प्रेस काउन्सलि नेपालले कोरोना संक्रमितको व्यक्तिगत तस्बिर र बैयक्तिक बिवरण खुल्ने बिबरण सामाजिक सञ्जाल र बिभिन्न संचारमा माध्यमहरुले प्रकाशन प्रशारण गरिएकोमा त्यस प्रति ध्यानाकर्ष भएको जनाएको  छ । प्रेश काउन्सिलका उप प्रशासकीय अधिकृत रामशरण बोहोराले  आचार सहींता बिपरित  कुने पनी काम नगर्न  समेत सचेत गराउँनु भएको छ ।
उँहाद्धारा जारी पत्रमा काउन्सीलले यसरी समाचार सम्प्रेशण गर्दा व्यक्तिगत गोपनियताको प्रतिकुल हुनका साथै मानवीय समबेदना खल्बलिने र प्रभाबितमा थप पिडा पुग्ने हुँदा आम पत्रकारहरु, संचारमाध्यम, संचारकर्मी तथा सामाजिक सन्जाल प्रयोगकर्ताहरुमा थप साबधानी अपनाउन तर्फ समेत ध्यानाकर्षण गराउन चाहन्छौँ भनिएको छ ।

, , , ,