हालसम्म मृतकको सम्पर्कमा आएका १८ जनाको स्वाब संकलन

अर्जुन शर्मा चौतारा, जेष्ठ ४ । 
हालसम्म शनिबार कोरोनाको संक्रमणबाट मृत्यु भएको मृतकको गाँउमा उनको सम्पर्कमा आएका हालसम्म १८ जनाको स्वाक संकलन गरिएको छ । 
समाचार तयार गर्दा सम्म उनको सम्पर्कमा आएका ४५ जनाको कन्ट्रयाक डे«सिङ गरि सम्पर्कमा ल्याई सकिएको छ । मृतक संगको सम्पर्कमा आएकाहरुको पिसिआर माध्यमबाट कोरोना परिक्षण स्वास्थ्य टोलिले स्वाब संकलन गरेको हो । 
प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल सहितको टोली सिन्धुपाल्चोकमा आएको थियो।प्रदेशका  मन्त्री नेपाल र दुलाल कोरोनाका कारण सुत्केरी महिलाको मृत्यु भएपछि थप सक्रमण फैलिन नदिन विज्ञ संलग्न र्‍यापिड रेस्पोन्स टोली सहितआज बिहानै सिन्धुपाल्चोकमा आएका थिए ।
बाह्रबिसे नगरपालिका– ९ राम्चे निवासी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाबाट शनिबार मृत्यु भएपछि थप सक्रमण फैलिन नदिन विज्ञ संलग्न र्‍यापिड रेस्पोन्स टोली आएको हो । प्रदेशका मन्त्रीहरु नेपाल र दुलाल दुबैजना त्यस स्थानमा पुगेर त्यसक्षेत्रका नागरिकलाई सान्त्वना दिने र प्रदेश सरकारको उपस्थिती गाउँमै देखाउनुभएको छ ।

, , ,