जुगलमा बन्दुक पड्कदा एक बालकको मृत्यु


सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा. वडा न.२ मा भरुवा बन्दुक पडकदा एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक माधब प्रसाद काफ्लेका अनुसार २०७७।२।११ गते अं.१५ः०० बजेको समयमा सिन्धुपाल्चोक जुगल गा.पा. वडा न.२ किप्चे बस्ने सुरेश स्याङ्बोको छोरा वर्ष १२ को बालकले आफ्नै घरमा लोड गरी राखेको भरुवा बन्दुक झिकी घरको पिढिमा लगी ऐ.ऐ बस्ने छबिलाल स्याङ्बोको छोरा वर्ष ८ को आयुष स्याङ्बोसँग मिलि खेल्ने क्रममा अचानक भरुवा बन्दुक पड्कीन गई वर्ष ८ को आयुष स्याङ्बोको पेटमा लागि घट्नास्थलमा मृत्यु भएको छ।


, ,