प्रगति अंग्रेजी माविले जम्मा गर्यो कोरोना रोकथाम कोषमा २५ हजार

मेलम्ची, बैशाख २९ । 
मेलम्ची स्थित प्रगति अंग्रेजी माविले मेलम्ची नगरपालिकाको कोरोना संक्रमण रोकथाम कोषमा रु २५ हजार रकम जम्मा गराएको छ ।
 कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगपालिकाले खडा गरेको कोरोना संक्रमण रोकथाम कोषमा रकम जम्मा हुने क्रम जारी छ । सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम जम्मा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय कृष्ण श्रेष्ठले बताउनु भएको छ ।
२५ लाखबाट सुरु गरिएको उक्त कोषमा यस अघि नेपाल बैंक मेलम्ची शाखाले ३५ हजार , नगरमा सञ्चालनमा रहेका विभिन्न सहकारीहरूबाट १ लाख २५ हजार नगद संकलन गरी कोरोना विपद्कोषमा सहयोग गरेका थिए  भने   नेपाल कम्युनिष्ट पार्टी मेलम्ची ११ ले नगरपालिकाको कोरोना विपद्कोषमा ३६हजार ३५ रुपैँया र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेलम्ची नगर कार्यादलले नगर मातहतको संक्रमण नियन्त्रण कोषमा २ लाख ८७ हजार १ सय ६६ रुपैंया नगरपालिकाले हस्तान्तरण गरेको थियो  ।

, , , ,