पाँचपोखरीको कोषमा हालसम्म ९१ लाख जम्मा


देवराज सुवेदी, मेलम्ची जेठ  ९
पाँचपोखरी थाङपालगाँउपालिकाले स्थापना गरेको कोरोना संक्रमण तथा विपद व्यवस्थापन कोषमा हालसम्म एकानब्बे लाख साठ्ठी हजार आठ सय उनान्सय रुपैया जम्मा भएको छ . आज मान’षी लग’वित्त वित्तिय संस्था लिमिटेड तिपेनिले उक्त कोषमा पन्ध्र हजार रुपैया जम्मा गरेको छ

.संस्थाका शाखा प्रमुख उद्धव कुमार खकुरेलले उक्त रकम वरावरको चेक गाँउपालिकाका अध्यक्ष टासी लामालाई हस्तान्तरण गर्नुभएको गाँउपालिकाका प्रवक्ता पासाङ लामाले जानकारी दिनुभयो . सहयोगप्रति संस्थालाई गाँउपालिका अध्यक्ष लामाले धन्यवाद ज्ञापन गर्नुभयो . गाउँपालिकाले ५० लाख रुपिँयाको “कोभिड १९ सक्रमण रोकथाम तथा उपचार कोष ” स्थापना गरेर काम गरिरहेको र सो कोषमा हाल सम्म  गाँउपालिकाको आन्तरिक सा्रेतबाट ७० लाख, प्रदेश सरकारबाट १९ लाख,कर्मचारीबाट २ लाख पैँतालिस हजार सात सय बैसठ्ठी ,शिक्षकबाट  ४ लाख ९९ हजार एक सय सर्तिस, जनप्रतिनिको एक महिनाको सुविधा वरावर तिन लाख,फेयरमेड फाउन्डेसन पचास हजार, मनवहाद’र अधिकारीबाट ५१ हजार , मानुषी लगुवित्त वित्तिय संस्था लिमिटेडबाट १५ हजार रकम जम्मा भएको लामाले जानकारी दिनुभयो . गाँउपालिकाले स्वेच्छिक रुपमा प्राप्त सहयोग मात्रै कोषमा जम्मा गर्ने गाँउपालिकाका अध्यक्ष लामाले जानकारी दिनुभयो .आफुहरुले सार्वजनिक रुपमा आग्रह नगरी उक्त रकम स्वेच्छिक रुपमा कोषमा जम्मा भएको लामाको भनाई रहेको छ ।(रासस)

, , , , ,