सहयोगी हातहरुको मनोबल गिराउँने काम नगर्न होम नारायणको अनुरोध

नेत्रबहादुर बस्नेत, चौतारा । 
गाँउपालीका महासंघका अध्यक्ष एवम जुगल गाँउपालीकाका अध्यक्ष होम नारायण श्रेष्ठ अग्रपंक्तिमा काम गर्ने जनप्रतिनिधि, कर्मचारीहरु र सहयोगी हरुको मनोवल कमजोर हुने कुनै पनि गतिविधि नगरिदिन सबैमा अपिल गर्नु भएको छ ।
 उँहाले आफ्नै फेसबुक मार्फत यस्तो अनुरोध गर्नु भएको थियो । उँहा  ले संक्रमण क्षेत्रमा ट्राभल हिस्ट्रि भएका व्यक्तिको (भरलाग्दो प्रविधि नभएता पनि) कमसेकम     आरडिटि परीक्षण गर्ने जुगलको निर्णय छ ।
 राम्चेकी महिलामा कोरोना संक्रमण पुष्टि भए पछि बैशाख २० गते जुगल स्थायी ठेगाना भइ हाल बाह्रविसे तातोपानी क्षेत्रमा वस्ने व्यक्तिहरुलाई राहत वितरणमा म र लालबहादुर श्रेष्ठ गएका थियौं । हाम्रो आरडिटि परीक्षण गर्दा एउटा पुरै नेगेटिभ र एउटा (मेरोमा) संकास्पद थोरै डट (हुन त नेगेटिभ नै थियो) भए पछि मेरो स्वाव संकलन गरी हिजो बेलुका नै टेकु पठाइयो । भर्खरै रिपोर्ट आयो । पिसिआर परीक्षण नतिजा नेगेटिभ आएको छ । अर्थात कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
मेरो यो नतिजासंगै म संगै फ्रन्ट लाइनमा काम गर्ने सहकर्मीहरुको चिन्ताको सवाल पनि अलिक कम भएको छ । यस अर्थमा खुशी पनि लागेको छ ।
यस बीचमा आफुलाई संचारकर्मी भन्न रुचाउने केही व्यक्तिहरुको अराजक फेसबुक स्टाटस र अफवाहले धेरैमा भ्रम सिर्जना गर्यो । मेरो परिवार, आफन्तजन तथा शुभचिन्तकहरुमा यसले ठुलो टर्चर भयो । कतिपय व्यक्तिहरु वास्तविकता बुज्न भन्दा पनि अफवाहकै पछि लागेर म, मैले नेत्रत्व गर्ने संस्था र यो विपत्तीमा म संगै अहोरात्र खटिने सहकर्मी माथि प्रत्यक्षरअप्रत्यक्ष जाइलागे । कोरोना ल्याउने यिनै हुन भने जसरी प्रचार समेत गरिए । यसबाट हामीले भोगेका लाञ्छना  र यसले पुरयाएको क्षती त फिर्ता हुदैन तर हामी एक रत्ती विचलित भएका भने छैनौं ।
 किनकी हामी ठुलै विपत्तीका लागि समेत मानसिक रुपमा तयार भएर बसेका छौं । म र मेरो टीम आफनो ज्यानको संगसंगै सिगो गाउँपालिकाको जनताको स्वास्थ्य प्रति संवेदनशिल छ । हामी हाम्रो मुन्टो मात्र जोगाउने अभियानमा छैनौं । त्यसैले अग्रपंक्तिमा काम गर्ने जनप्रतिनिधि, कर्मचारीहरुको मनोवल कमजोर हुने कुनै पनि गतिविधि नगरिदिनु हुन म सबैमा अपिल गर्दछु ।फेसबुकमार्फत सबैमा अनुरोध गर्नु भएको छ । 
उँहाले जुगलको प्रवेश द्वारमा को, कहाबाट, कुन मितिमा भित्रएका छन  कुन टोलमा गए का छन भन्ने अभिलेख राख्ने व्यवस्था मिलाइएको समेत जानकारी दिनु भएको  छ । कुनै नया ठाउमा कोभिड १९ पुष्टि हुन साथ पछिल्लो एक महिना यता त्यहाबाट भित्रिनेको रेकर्ड उतारि जोखिम सम्भाव्यताको आधारमा परिक्षणको पहल  गरिने बताउँदै बारबिसेको समाचारले कोरोनाको पुष्टि भएको खवर वाहिरिन साथ त्यसै गरि सूची निकाल्दा  अभिलेखले ट्राभल हिस्ट्री पनि देखाएका कारण परिक्षण गर्नुपर्ने प्राथमिक सुचीमा राख्यो र निर्णय वमोजिम तुरुन्त स्ट्रिकली होम क्वारेन्टाइनमा बस्नु भएको थियो  । 
सवै सजग हौ, नअतालिऔ, निश्चित दूरी र नियमको पालना गरौ । सवैले सकेको सकारात्मक योगदान गरौ सिन्धुपाल्चोक जिल्लाको राम्चेको एक महीलाको कोरोना कै कारण मृत्यु भए पछी बारबिसे आसपासमा जाने आउँने मानीसलाइ  समेत नकारात्मक हिसाबले हेर्न थालिएको भान भइ रहेको अबस्थामा एउटा जिम्मेवारी ब्यक्तीका बारेमा यस्तो हल्ला फैलीनु मा सहयोग गर्ने सहयोगीहरुको  मनोबल गिर्नु नै हो  तसर्थ यस तर्फ सबै सचेत रहनु जरुरी छ । 


, , , ,