रोजीरोटी गुमाएकालाई स्थानिय स्तरमै अवसर

बिदुर आचार्य, चौतारा,बैशाख २२ । 
विश्वभर फैलिएको कोरोना भाईरस (कोभीड–१९) को संक्रमण रोक्न सरकारले आह्वान गरेको लगडाउनका कारण रोजगारि गुमाएका वडाबासीलाई आफ्नै ठाँउमा रोजगार वनाउने नीति वलेफी गाँउपालिका – ८ ले वनाएको छ ।
 वलेफी – ८ ले एक घर एक रोजगारीको अवधारणा वनाएको जनाएको छ । सरकारले आह्वान गरेको लगडाउन पालना गर्ने क्रममा सवै वडाबासी गाँउ फर्केको वेला श्रम अमेरका सवैलाई स्थानिय विकास तथा ब्यवसायमा संम्लग्न गराउने काम सुरु गरिएको वडा अध्यक्ष चरीवहादुर तामाङले जानकारि दिए । लगडाउनका कारण कतिपयको रोजिरोटी गुमेको उल्लेख गर्दै तामाङले आफ्नै ठाँउमा रोजगारि सिर्जना गर्ने वताए ।
  ‘गाँउका दक्ष तथा अर्धदक्ष जनशक्तिलाई स्थानिय विकासको काममा अवसर दिईनेछ,’ अध्यक्ष तामाङले भने, ‘व्यक्तिगत तथा सामुहिक कृषि कर्ममा लागेका स्थानियलाई सहायताको कार्यक्रम तय गरिएको छ ।’ उनले एक घर एक रोजगारको अवधारणाले तत्काल सार्थकता पाउने गरि काम अगाडी वढेको जानकारि दिए ।
 विकास निर्माणको काममा स्थानिय जनशक्तिलाई प्रेरित गर्दै सहभागी गराउने, कृषि व्यवसायलाई प्रोत्साहन तथा सहयोगको कार्यक्रम लागु गर्ने, वाँझो जमिनलाई भाडामा लिई  सामुहिक खेती गर्न प्रदान गर्नेलगायतका योजना वडाले नै सुरुवात गरेको जनाएको छ । दक्ष र अर्धदक्ष जनशक्तिको घुम्ती टोली वनाई स्थानिय तहको काममा परिचालन गरिने योजना अगाडी वढाईएको अध्यक्ष तामाङले वताए । उनले लगडाउनमा ४८ जना असङ्गठित मजदुर र वडाका विपन्न परिवारलाई खाद्यन्न सहयोग गरिएको जानएका छन् ।

, , , ,