उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकद्धारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री

चौतारा,जेष्ठ १४ । 
उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले विभिन्न सुरक्षा निकायलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
संघले बुधबार इन्द्रावती, पाँचपोखरी, हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा रहेका सुरक्षा निकायहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।
मेलम्चीमा रहेको नेपाली सेना, इलाका प्रहरी कार्यालय मेलम्ची, मेलम्चीमा रहेका शसस्त्र प्रहरी इन्द्रावती, पाँचपोखरी र हेलम्बुमा रहेका प्रहरीका लागि इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुखलाई  उक्त  सामग्री हस्तान्तरण गरिएको संघका अध्यक्ष वेद बहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।
संघले १५ सय वटा माक्स, ३६ बट्टा स्यासिनटाइजर, पीपीई १६ सेट, पन्जा २० बट्टा र एन नाइन्टि फाइभ माक्स २७ थान वितरण गरेको संघका अध्यक्ष वेद बहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।
टोलीमा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कमल कुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष होम बहादुर बस्नेत (राजकुमार), उपाध्यक्ष जगन्नाथ चालिसे, महासचिव यादव दाहाल, सदस्यद्धय पुष्कर धिताल र गोविन्द श्रेत्री र सल्लाहकार भुपेन्द्र थापा रहेका छन् ।
यसअघि संघले जिल्ला विपद व्यवस्थापन समितिलाई ठूलो परिणाममा स्वास्थ्य सामग्री  हस्तान्तरण गरेको थियो । 

, , , ,