लिसंखुपाखर गाँउपालिकाले गर्यो १४५९ परिवारलाई खाद्यन्न बितरण

अर्जुन शर्मा, चौतारा, बैशाख ३० । 

लिसंखुपाखर गाँउपालिको पालिका भित्र रहेका १४५९ विपन्न परिवारलाई खाद्यन्न राहत बितरण गरेको छ ।
पालिकामा रहेका बिहान बेलुका छाक टार्न नै मुस्किल परेका परिवारको लगत संकलन गरी खाद्यन्न बितरण गरिएको गाँउपालिकाका अध्यक्ष कमल नेपालले जानकारी दिनुभएको छ ।
अति नै विपन्नलाई राहत दिने गाउँपालिकाको निति भएतापनि स्थानीयहरुले हामी सबै पीडित हौ सबैले राहत पाउनुपर्छ भनेपछि केही समस्या आएको प्रमुख नेपाल बताउनुहुन्छ ।   
गाँउपालिका भित्रका वडा नं. १ का ४५३ परिवार, वडा नं.२ का १४२ परिवार,वडा नं. ३ का  १४३ परिवार, वडा नं.  ४ का परिवार २१५, वडा नं. ५ का ६६ परिवार र वडा नं. ७ का ३३९ बिपन्न परिवारलाई खाद्यन्न बितरण गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत पुर्ण दुलालले जानकारी दिनुभएको छ । 
सम्पुर्ण परीवारलाई १५ केजि चामल, १ केजि दाल, १ लिटर तेल र १ केजि  बितरण गरिएको दुलालले बताउनुभयो  । हालसम्म बाहिरी जिल्लाबाट पालिका भित्रिएका पालिका भित्रका ४ सय जनाको स्वास्थ्य परीक्षण गरेर घरमा नै बसेका छन् ।

, , ,