मृतकको सम्पर्कमा आएका ५४ जनामा नै कोरोना संक्रमण नेगेटिभ

अर्जुन शर्मा, चौतारा, जेष्ठ ६ ।
शनिबार कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकी बाह्रबिसे नगरपालिका की महिलाको सम्पर्कमा आएका ५४ जनामा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ।
  कोरोना भाइरस संक्रमणबाट बाह्रबिसे ९ की एक सुत्केरी महिलाको मृत्यु भएपछि नमुना संकलन गरी परीक्षण गरिएको थियो । १ सय ९७ संकलित नमुना मध्ये ५४ जनाको रिपोर्ट प्राप्त भएको जिल्ला जनस्वास्थ्य कार्यालय का जनस्वास्थ्य अधिकृत दुर्गा दत्त चापागाइले जानकारी दिनुभएको छ ।
आइतबार र सोमबार मृतकको ‘कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिएको थियो ।  उनीको परिवारका सबै सदस्यको कोरोना परीक्षण सकिएको र कसैमा पनि संक्रमण नरहेको पाइएको  छ । 

, , ,