स्वाबलम्बनले गर्यो कोरोना रोकथाम कोषमा १० हजार सहयोग

चौतारा, बैशाख ३० ।
स्वाबलम्बन लगुबित्त बित्तय संथा लिमिटेड चौतारा शाखाले चौतारा साँगाचोकगढी नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रु १० हजार रकम जम्मा गराएको छ ।
 कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगपालिकाले खडा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रकम जम्मा हुने गरी मंगलबार नगरपालिकाका प्रमुख अमान सीं तामाङलाई उक्त रकमको चेक हस्तान्तरण गररिएको संस्थाका शाखा प्रबन्धक उमेश कुमार भण्डारीले जानकारी दिनुभएको छ ।
आफ्नो कार्यक्षत्रका नागरिकलाई कोरोना संक्रमणबाट बचाउन सहयोग पुगोस भन्ने हेतुले संस्थाले सकेको रकम कोषमा सहयोग गरिएको भण्डारीले बताउनुभएको छ । 
स्वाबलम्वन चौतारा शाखाले चौतारा साँगाचोकगढी नगरपालिका र इन्द्रावती गाँउपालिका कार्यक्षत्र बनाएर कार्य गर्दै आइरहेको छ । बित्तिय संस्थाले कार्यक्षेत्रका २३०० जना गरिब तथा बिपन्न परिवारलाई कृषि तथा साना व्यवसायमा सहयोग गर्दै आएको छ ।  

, , , ,