पुर्वाधार बिकासका कर्मचारीले कोरोना रोकथाम कोषमा जम्मा गरे ७६ हजार

चौतारा, बैशाख २० । 
पुर्वाधार बिकास कार्यालय सिन्धुपाल्चोकले बागति प्रदेश स्तरिय कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा  छयाहत्तर हजार एकसय उनानअसि रुपैया रकम जम्मा गरेको छ ।
उक्त रकम हेटौडामा रहेको बाणिज्य बैंकमा रहेको  कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गरिएको  कार्यालयका लेखा अधिकृत दिनबिनोद घिमिरेले जानकारी दिनुभएको छ । उहाँका अनुसार उक्त रकम कार्यालयकमा कार्यरत कर्मचारीहरुबाट जम्मा गरिएको थियो  । 

, ,