बिज्ञ संलग्न र्यापिड रेस्पोन्स टोली सहित मन्त्री दुलाल सिन्धुपाल्चोक बाह्रबिसे आउदै

चौतारा, जेष्ठ ४ । 
शनिबार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चे निवासी २९ बर्षिय सुत्केरी महिलामा कोरोनाबाट मृत्यु भएपछि   थप संक्रमरण फैलिन नदिनका लागि  अहिले बागमती प्रदेशका सामाजिक विकास मन्त्री युबराज दुलाल सहितको बिज्ञ संलग्न सहितको टोली  सिन्धुपाल्चोक आउदै गरेको बताईएको छ ।
 उक्त टोलीले   आज  सिन्धुपाल्चोक आई  मृतक सँग सम्पर्कमा आएका ब्यतिmलहरुको कन्ट्याक टे«सिङ गरि आवश्यक सबैको पिसिआर परिक्षण गर्ने छ ।
नेपालमा कोरोना भाईरस (कोभिड १९) को सँक्रमरण दिनप्रति दिन बढिरहेको अबस्थामा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको बिज्ञ संलग्न र्यापिड रेस्पोन्स टोलीको सक्रियता बढेको छ । गत वैशाक ३० गते भतmपुरमा २५बर्षिया  महिलालाई कोरोना पोजेटिभ देखियो ।
सुनसरी झुम्का निवासी उनी सिन्धुली हुदै काठमाडौ आएको र बाटोमा निजले सिन्धुलीमा रहेको उनको दिदिको घरमा खाना खाएर आएको थाहा भएपछि  सिन्धुली स्वास्थ्य कार्यलय  सँग समन्वय गरि र्यापिड रेस्पोन्स टोलीले कन्ट्याक टे«सिङ गरि  संक्रमरण थप फैलन नदिनको लागि सँक्रमितको दिदि र दिदि सँग आएका उच्च जोखिममा रहेका १० जनाको स्वाब  परिक्षण गर्यो । 
 जसमा  १० जनाकै नतिजा  नेगेटिभ आएको  टोलीका  बिशेषज्ञ चिकित्सक डा. मुकेश ढकालले जानकारी दिनुभयो ।  त्यसगरि गत जेठ १ गते धादिङ निवासी ३० बर्षे महिलामा कोरोना पोजेटिभ देखियो काठमाडौ संतुङगल बस्दै आएकी महिला बैशाक १५ गते धादिङ आएको र बैशाक २७ गते काठमाडौ गई परिक्षण गराउदा कोरोना पोजेटिभ देखाएको जानकारी स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेलले जानकारी दिनुभयो ।  उहाँका अनुसार संक्रमित महिलासँग सम्पर्कमा आएका उच्च जोखिममा रहेका ३६ जनाको  स्वाब र्यापिड रेस्पोन्स टोलीले परिक्षणको लागि लगेको जानकारी दिदै कोरोना रोकथाम नियन्त्रणमा प्रदेश सरकारको सक्रिय सहभागीताले सहज भएको बताउनुभयो  ।
यसरी दिन प्रतिदिन बढिरहेको कोरना भाईरसको रोकथाम नियन्त्रण र थप संक्रमरण फैलिन नदिनको लागि बागमती प्रदेश सरकार सामाजिक बिकास  मन्त्री मन्त्रालयको बिज्ञ  संलग्न र्यापिड रेस्पोन्स टोलीको अझै प्रभाबकारी सक्रियताले कोरोना बाट हुने जोखिमलाई कम गर्न सकिन्छ । 
यस्तै नेपालमा पहिलो कोरोना संक्रमितको शनिबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरे सँगै उहाँको परिवारको कन्ट्रयाक ट्रेसिङ गरि सम्पुर्णको पिसिआर गर्ने तयारी पुरा भएको छ ।
स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी कृष्णराज तिवारीका अनुसार मृतकको सम्पर्कमा आएका सम्पुर्णको पिसिआर गरिने  तयरी भएको छ ।  पिसिआरको लागि चौतारा अस्पतालका डाक्टर निश्चल बोगटीको टोलि समेत मृतकको गाँउ बाह्रबिसे जाने तयारीमा रहेको छ । उक्त मृतकको सम्पर्कमा आएका अन्यमा  पनि कोरोना संक्रमण भएको हुन सक्ने भन्दै  शनिबार नै बसेको जिल्ला बिपत व्यवस्थापन समितिले निर्णय गरेको थियो । 
मृतकको श्रिमान, सासु र नन्दको भने हिजो शनिबार नै धुलिखेल अस्पतालले पिसिआर परिक्षणको लागि स्वाव संकलन गरिसकेको छ तर रिपोर्ट भने आएको छैन् । मृतकको गाँउ र माइतिमा हिजो साँझबाट नै सेनाको नेतृत्वमा शील गरिएको छ । मृतकको जेष्ठ १ गते आरडिटि  परिक्षण गर्दा कोरोना नेगेटिभ आएको थियो । 


, , ,