देवराज सुवेदी, मेलम्ची ६ जेठ (रासस)
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधावापतको रकम स्वेच्छिक रुपमा “कोभिड १९ सक्रमण रोकथाम तथा उपचार कोष ”मा जम्मा गर्ने भएका छन् । जेठ ५ गते सोमबार गाउँपालिकाका अध्यक्ष टासि लामाको अध्यक्षतामा बसेको ८१ औं गाउँकार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।गाउँपालिकाका अध्यक्ष टासि लामा र उपाध्यक्ष सुनिता अधिकारी सहित ८ वटै वडाका वडाध्यक्ष तथा सदस्यले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको जनाइएको छ । जनप्रतिनिधि हरुको सेवा सुविधा स्वतःस्फूर्त रुपमा पालिकाले स्थापना गरेको सो कोषमा जम्मा गर्ने निर्णय भएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।कोषमा जम्मा हुने रकम कोरोना भाइरस नियन्त्रणका लागि आवश्यकताका आधारमा खर्च गरिने गाउँपालिकाले जनाएको छ । साथै बैठक बाट आर्थिक बर्ष ०७७÷०७८ को निति तथा कार्यक्रम –प्रि बजेट) तयारी समेत भएको छ । साथै वडा गत तथा विषय गत योजना छनोट तर्जुमा कार्यक्रम सम्पन्न गर्न सम्पूर्ण वडा अध्यक्ष तथा सदस्यहरुमा निर्देशन दिइएको छ । गाउँपालिकाले ५० लाख रुपिँयाको “कोभिड १९ सक्रमण रोकथाम तथा उपचार कोष ” स्थापना गरेर काम गरिरहेको र सो कोषमा रकम जम्मा गरिएको गाउँपालिकाका प्रवत्ता एवम् वडा नम्बर २ का वडा अध्यक्ष पासाङ लामा तामाङले जानकारी दिनुभयो ।
पाँचपोखरीका जनप्रतिनिधिको सुविधा कोरोना रोकथाम कोषमा
[email protected] Powered by Blogger.
