मेलम्ची नगर ब्यबस्थापन स्वयंसेवक समिती गठन






देवराज सुवेदी, मेलम्ची





मेलम्ची नगरपालिकाले हिजो नगर ब्यबस्थापन स्वयंसेवक समिती गठन गरेको छ । ५ सदसिय समितिले  नगरपालिकाका बजारहरु अब शनिबार मात्र खुल्ने निर्णये गरेको छ ।  जेठ ६ गतेको मितिबाट जेठ २० गतेसम्मका लागि मेडिकल र  भेटनरी बाहेक  अन्य पसलहरु बन्द गर्ने निर्णय भएको  नगर ब्यबस्थापन स्वयंसेवक समितिका संयोजक राममणि गौतमले जानकारी दिनुभयो । बन्द भएका पसलहरु मापदण्ड अनुरुप शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खुल्नेछन्  । विश्व माहामारिको रुपमा फैलिएको यश कोभिड(ज्ञढ बाट आफु पनी वच्न र सम्पूर्ण नगरबासिलाइ बचाउनको निम्ति पहल स्वरप सो निर्णय गरिएको समितिका सह संयोजक बालकृष्ण दुलालले जानकारी दिनुभयो ।

यसैबिचमेलम्ची नगरपालिका भित्र बाहिरी क्षेत्र बाट तरकारी ,फलफुल र मासु जन्य पदार्थ आयातमा पूर्ण बन्देज गरिएको छ । मेलम्ची नगरपालिकाले जेष्ठ १ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला प्रकोप व्यवस्थापन केन्द्र  को निर्णय कार्यान्वयन गराउन सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध गरेको छ ।
संक्रमणको जोखिम थप नहोस भन्नका लागि नगरपालिकाले सो निर्णय गरेको हो । स्थानीय उत्पादनको बजारीकरण गरि ब्यवसायिकीकरणमा जोड दिने मेलम्ची नगरपालिकाले जानकारी दिएको छ ।


, ,