आजबाट सिन्धुपाल्चोकका शिक्षकहरुका लागि अनलाईन ईएलटि ट्रेनिङ सुरु

चौतारा, बैशाख २० ।
नेपाल ईङ्लीस ल्याङ्गोईज टिचर्स् एसोसिएसन (नेल्टा) सिन्धुपाल्चोकको आयोजनामा आजबाट सिन्धुपाल्चोकका शिक्षकहरुका लागि अनलाईन ईङ्लीस ल्याङ्गोईज  ट्रेनिङ  (ईएलटि)  सुरु भएको छ ।
 ५ दिनसम्म चल्ने उक्त ट्रेनिङमा कक्षाकोठामा प्रयोग गर्न सकिने विद्युतीय सामाग्रीहरुको बारेमा प्रत्यक्ष अभ्यास गर्ने वातावरण सिर्जना गर्नु मुख्य उदेश्य रहेको छ । यस ट्रेनिङमा कोरोना भाईरस ९कोभिड १९० को समयमा शिक्षणको वैकल्पीक शिक्षण पद्धतीहरुको बारेमा पनि जानकारी गराईने नेल्टा सिन्धुपाल्चोकका अध्यक्ष बुद्धि बहादुर तामाङले बताउनु भयो  ।
नेल्टा नेपालका अध्यक्ष मोतीकला सुब्बा देवानको प्रमुख आतिथ्यता तथा महासचिव ईश्वरी बहादुरको विशेष आतिथ्यतामा सुरु भएको आजको अन्लाईन ट्रेनिङमा नेल्टाको ईतिहास,कृयाकलापहरु तथा अवसर र चुनौतीहरुका बारेमा काठमाण्डौ विश्वविद्यालयका प्रोफेसर तथा नेल्टाका उपाध्यक्ष डा। लक्ष्मण ज्ञावली र राष्ट्रिय तालिम संयोजक सरीता सुब्बा देवनले प्रस्तुतिकरण गरेका छन् ।हेल्प नेपालको प्राबिधिक सहयोगमा दिईएको उक्त अनलाईन ट्रेनिङको सिन्धुपाल्चोकका रेडियोहरु रेडियो मेलम्ची र रेडियो सिन्धुबाट विहान साँढे ८ बजेदेखि साँढे १० बजेसम्म प्रत्यक्ष प्रसारण गरेको थियो ।

, , ,