सरकारले जारि गरेको लकडाउनो पुर्ण पालना गरौंः अध्यक्ष तामाङ

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढि नगरपािलका वडा नं.३ का वडाध्यक्ष श्री टेक बहादुर तामाङसँग लोकप्रिय समाचारका लागि लोकप्रिय समाचार दैनिकका कार्यकारी सम्पादक अर्जुन शर्माले कोरोना रोकथामका लागि गरिएका प्रयासहरु र वडामा भएका गतिबिधिका बिषयमा गरिएको छोटो कुराकानीः

१. अध्यक्ष ज्यु यो लकडाउनको समय कसरि बिताइरहनुभएको छ ? 
हामी सबैलाई थाहा नै छ । संसारनै यतिबेला कोभिड १९ कोरोना भाइरसले माहामारिको चपेटामा रहेको छ । हाम्रो देश पनि यस कुराबाट अछुतो रहेको छैन । यस बखत हाम्रो काम, कर्तव्य र जिम्मेवारी अझै बढेको छ । बिकास निर्माणका कार्यहरु, नागरिकका सेवाका कुराहरु आफ्ना ठाँउमा छदैछन् । यसका अलबा बिश्व माहामारिको रुपमा रहेको कोरोना बिरुद्धको अभियानमा समेत खटनु पर्दा पछिल्लो समय अलि व्यस्त नै छु ।
२. कोरोना भाइरस कोभिड १९ को लडाइँमा छौँ भन्नुभयो यस सम्बन्धमा केके गतिबिधिहरु गर्दै हुनुहुन्छ ?
कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि हामिले योजना निर्माण गरेका छौँ । रणनितिहरु तयार गरेका छौँ । कोरोना रोगको संक्रमणबाट बच्न बिभिन्न छापा माध्यम तथा रेडियोबाट चेतनामुलक सन्देश तथा सुचना प्रसारण प्रकाशन गरिरहेका छौँ । नेपालमा कोरोनाको आशंखा देखा पर्नासाथ हामिले सम्पुर्ण वडाबासिहरुलाई माक्स र साबुन बितरण गर्यौ । समुदाय स्तरमा नै स्वयमसेबस परिचनलन गरि घरघर मा नै पुगि वडाबासिको तथ्यांक संकलन गर्यो र वडाबासिको स्वास्थ्य स्थितिको बारेमा जानकार हुने काम गर्यौ । काठमाडौं तथा बाहिरि जिल्लाबाट आएकालाई अनिवार्य रुपमा नै स्वास्थ्य परिक्षण गराएका छौ । र उनिहरुसँग हामि नियमित रुपमा नै सम्पर्कमा जोडिइरहेका छौँ । वडाबासि सम्पुर्णमा लकडाउनको पुर्ण पालना गराउन नियमित रुपमा लागि परिरहेका नै छौँ । स्थायि ठेगाना यु वडामा भएका र अन्यत्र बसोबास गर्ने मानिसहरुको नियमित सम्पर्कमा रहेर स्वास्थ्य अबस्था बुझिरहेका नै छौँ । यसैगरि वडा भित्रका अति बिपन्न ९३ घरधुरिलाई खाद्यान्न राहत बिरण गर्यौ । यि र यस्ता अनेकौं कार्य गरेर हामि कोरोना भाइरसको बिरुद्धमा खटिएका छौँ ।
३. सम्पुर्ण वडाबासिको स्वास्थ्यमा पहुच पुर्याउन तपाईंले कस्तो भुमिका खेल्नु भएको छ ?
जनस्वास्थ्यको बिषयमा म अति नै गम्भीर छु । बतासे स्वास्थ्य चौकीमा दरबन्दी अनुसार कर्मचारी नहुदा भरखरै मात्रै दुई जना कर्मचारी थप गरेका छौँ । त्यसैगरि प्रोटोगल अनुसार मापदण्ड पुरा गरेका प्रसुित आमाहरुका लागि स्वास्थ संस्थामा सुत्केरी हुदा एकतर्फी एम्बुलेन्स भाडा वडाले ब्यहोर्ने व्यवस्था मिलाएका छौँ । गर्भवती र सुत्केरी महिलाहरुका लागि वडाको तर्फबाट पोषिलो खानेकुराहरु बितरण गर्ने व्यवस्था मिलाएका छौँ । महाभुकम्पले तहसनहस बनाएको स्वास्थ्य चौकि निर्माणको लागि पहल गरिरहेको नै छु । छिट्टै नै वडाबासिलाई सुबिधासम्पन्न बर्थिङ सेन्टरको सुबिधा दिने योजना समेत बनाएको छु । 
४. वडाभित्रको शिक्षाको बिकासको लागि के कस्ता कदमहरु चाल्नुभएको छ ?
स्वभावले हाम्रा  विद्यालयहरुमा शिक्षक दरबन्दी कम छन् । अधिकांस विद्यालयहरु निजि श्रोत शिक्षक पाल्नका लागि विद्यालयहरुसँग आयश्रोत छैनन् । 
यश समस्या समाधानका लागि वडा शिक्षा समितिको पहलमा विद्यालयका प्र.अ.हरु, व्यवस्थापन समितिका अध्यक्षहरु लगायत आम शिक्षा सरोकार वालाहरुको भेला गराई वृहत शैक्षिक अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरीयो ।
विद्यालयमा कार्यरत निजिश्रोत शिक्षकहरुको तथाङ्क हेरि उनिहरुलाई प्रदान गरिने पारिश्रमिक १ वर्षको लागी चाहिने हिसाब गरि आवश्यकता र औचित्यको आधारमा शिक्षामा अनुदान मार्फत सम्बोधन गरियो । त्यतिमात्र होइन, नेपाल सरकारबाट पोशक भत्ता नपाउने सम्पुर्ण ई. सि.डि. निजिश्रोत शिक्षक तथा दिवा खाजा कार्यक्रमका भान्सेहरुलाई समेत नेपाल सरकारले दिए सरहनै प्रति शिक्षक, कर्मचारी रु. १०,००० का दरले पोशक भत्ता उपलब्ध गराएका छौ ।
दक्षिणकाली मा.वि. मा एसियाली बिकास बैंकको सहयोगमा भव्य पक्की भवन बनेको छ श्री समाज विकास आ.बि. मा वडाबाटै रु.१०,०००००  (रु दस लाख) बिनियोजन गरि जिर्ण भवन  मर्मत गरिएको छ । सोही विद्यालयमा नगर शिक्षा अनुदान मार्फत , नि.मा.वि. तहको एक दरबन्दी थप गरिएको छ । विद्यालयहरुको निरन्तर अनुगमन भएको छ । आन्तरिक व्यवस्थापनमा सहयोग पुगेको छ । 
५. रोजगारी र आय आर्जनका क्षेत्रमा के के प्रयास गर्नुभयो ? 
स्थानीय रोजगारी बृद्विको लागि  हामिले गत बर्ष देखि गलैचा बुन्ने तालिम सुरु गर्यो । गत बर्ष मात्र करिब ६० जना  महिलाहरुले यो तालीम प्राप्त गर्नुभयो । तालीम प्राप्त सबैलाई हामीले १र१ वटा  तान समेत बितरन र्गयो । अहिले उहाँहरू घरमै स्वोरोगार हुनुहुन्छ । मासिक १० देखी १५ हजार आम्दानी गरिरहनु भएको छ ।
 यस बर्ष पनि किटिने भेडाबारि र भुवागाउमा गरि ३ ठाउमा गलैचा बुनाई तालिम संचालन भइरहेको छ। यसका लागि हामिले तालिम दिने मान्छे  र सहजकर्ताको व्यवस्था गरेको छौ । तीन ठाउँमा गरि ३२ जनाभन्दा बढी दिदी बहिनिहरु गलैँचा बुन्ने तालिम लिदै हुनुहुन्छ । उहाहरु तालिम प्राप्त भईसकेछि प्रत्येकलाई यश बर्ष पनि तान वितरन गरिनेछ र उहाहरु आय आर्जन सँग प्रतक्ष गासिनु हुनेछ। स्थानीय रोजगार बढेको छ । आय आर्जनमा बृद्वि भएको महशुस गरिएको छ ।
६. कृषि क्षेत्रमा बिकासका लागि केके काम भएका छन् ? 
कृषि प्रणालि हाम्रो देशको मेरुदण्ड हो । आधुनिक कृषि प्रणालि मार्फत उत्पादन र बजार व्यबस्थापन अहिलेको आबश्यकता रहेको छ । हामिले बतासे एकिकृत बचत तथा ऋण सहकारी संस्था मार्फत कृषकहरुलाई रायायनिक मल ढुवानीमा शत प्रतिशत अनुदानको व्यवस्थापन गरेका छौँ । यस बाट सम्पुर्ण वडाबासि कृषकहरुमा हित पुगेको छ । यसका साथै अनुदानमा भैसि खरिद, साना कृषि व्यवसायमा प्रवर्द्धन लगायतका थुप्रै रचनात्मक कार्यहरु भएका छन् । 
७.वडाको भौतिक बिकासको अबस्था कस्तो रहेको छ ? 
वडा भित्रका अधिकांस सडकहरुको मर्मत तथा स्तरउन्नति गरिएको छ । आबश्यकता अनुसार नयाँ  बाटो खोल्ने कार्यहरु पनि भइरहेको नै छ । अधुरो रहेका योजनाहरु पुरा भएका छन् । बस्ति स्तरमा खानेपानिका थुप्रै योजनाहरु संचालन भई पुरा भैसकेका छन् । सिंचाईको प्रबन्ध गरिएका छन् । अन्य भौतिक बिकासका लागि सरकारि कार्यालय तथा गैर सरकारि संस्थासँग समन्वय र सहकार्य गरिरहेका नै छौ ।
८.अन्त्यमा मैले सोध्न छुटाएका र भन्नै पर्ने केहि छ ?
म यस लोकप्रिय समाचार दैनिक मार्फत सम्पुर्ण वडाबासि लगायत सम्पुर्ण देशबासिमा हार्दिक अनुरोध गर्न चाहन्छु । बिश्व स्वास्थ संगठनको मापदण्डअनुसार नेपाल सरकारले जारि गरेको लकडाउनो पुर्ण पालना गरौं । हामि सबै मिलेर सामना गरे मात्रै यस माहामारिबाट बच्न सकिने हुदा हामि सबै आफ्नो आफ्नो ठाँउबाट सचेत रहौँ । आफु बाँचौ र अरुलाई पनि बचाँऔँ । 

, , , ,