डिभिजन बन कार्यलयद्धारा डडुवामा तिम्बुर खेतीको अबलोकन


चौतारा,जेष्ठ ४ । 

सिन्धुपाल्चोक  जिल्ला चौतारासाँगाचोकगढी नगरपालीका वडा न १४ स्थित डडुवामा लगाइएको तिम्बुर खेतिको अनुगमन कार्य भएको छ । 


जिल्ला बन कार्यलय सिन्धुपाल्चोकका प्रमुख डिभिजनल प्रमुख लोक राज नेपाल र साहयक डिभिजन बन अधिकृत तुलाराम धिमिरेले स्थलगत अनुगमन गर्नु भएको हो । नेत्रज्योति  कृषि सहकारि सस्थाले स्थानिय स्तरमा रहेका खेतियोग्य बाँझो जग्गालाइ सदुपयोग गर्दै उत्पादनमुलक काम गर्ने सिलसिलामा गत बर्ष गरिएको तिम्बुर खेति  कार्यक्रम अन्तर गत यो अनुगमन गिरएको हो ।

गत बर्ष बागमति प्रदेसका पर्यटन, उघोग तथा बन मन्त्रि माननीय अरुण नेपालको प्रमुख अितथ्यतामा  भएको  तिम्बुर खेति कार्यक्रममा तीस रोपनि जग्गामा बिरुवा रोपिएको थियो ।  नेत्रज्योति कृषि सहकारि सस्थाले यस बर्ष पनि उक्त खेतिको बिस्तार गर्न लागेको छ ।  सहकारी सस्थाले यश अघि साबिक ठुलोसिरुवारि हाल १३ र १४  वडामा रहेका दस बिध्यालयकम बिघार्थि हरुलाइ खुवाउदै आएको दिवा खाजामा बिस्कुट चाउचाउ खुवाउन नहुने भन्दै स्थानिय स्तरमा उत्पादित खाद्यन्न प्रयोग गरेर दिवा खाजाको ब्यबस्थापन गर्दै हरेक बिद्यालयमा करेसाबारिको ब्यबस्था गरेको थियो ।
त्यस पछी हाल सम्म पनी बिद्यालयहरमा खुवाएँदै आएको दिवा खाजामा स्थानीय स्तरमा नै उत्पादन भएका सामाग्रीको प्रयोग गरि खाजाको ब्यबस्था भइ रहेको छ । त्यस पछी  सहकारिले खेतियोग्य जमिन बाँझो राख्न नहुने भन्दै खेति गर्न नसक्ने  आफ्ना शेयर सदस्यको जग्गामा आफुले खेति गरिदिने अभियान समेत अगाडि सारेको छ । यस बर्ष पनी खेतियोग्य जमिनमा अदुवा र बेसार  रोप्ने र थप तिम्बुर रोप्ने योजना रहेको सहकारी सस्थाले जनाएको छ ।
वडा नं १४मा खेती योग्य जमिन बाँझो नराख्न र सबै वडाबासीहरुले उत्पादन मुलक कार्य गर्न पर्ने वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले  बताउँनु भयो । उँहाले सम्भब भए सम्म हामीले कृषी उत्पादनमा अनुदान सहयोग गरिरहेका छौ  भन्नु हुँदै नगरपालीकाले उत्पादनमुलक कामका लागी सँँधै सहयोग गरिरहने बताउँनु भयो ।  साहयक बन अधिकृत  तुलाराम धिमीरे ले   यो तिम्बुर खेती  एक प्रकारको नगदे बाली पनी भएको र यसबाट  आम्दानी गर्न सकिने भएकाले यो ब्यबसाय गर्न सहयोग गरेको बताउँनु भयो । सो अबसरमा डिभिजनल बन अधकिृत नेपालले अदुवा तथा बेसार पनी उत्पादनमुलक नगदे बाली भएकाले यसका लागी पनी सहयोग गर्न सकिने बताउँनु भयो ।

, , ,