त्रिपुरासुन्दरी भित्र एम्बुलेन्स बाहेकका सवारी साधन र पैदल यात्रामा रोक

दिपक खत्रि, जेष्ठ ४ ।
कोरोनाको संक्रमणबाट एक महिलाको मृत्युनै भएपछि त्रिपुरासुन्दरी गाउँपालिकाले पनि पालिकालाई पुर्ण रुपमा सिल गरेको छ । आईतबारबाट त्रिपुरासुन्दरी गाउँपालिकामा थप कडाई गरीएका छ । 
गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत ,योजना तथा प्रशासन शाखा र स्वास्थ्य संयोजकको उपस्थितिमा बसेको आकस्मिक बैठकले जेष्ठ ४ गते आईतबार देखि  १०  गते राति १० बजेसम्म सम्पुर्ण गाउँपालिका सिल गरि एम्बुलेन्स बाहके अन्य सवारी साधन र पैदल यात्रालाई रोक्ने निर्णय गरेको छ ।
गाउँपालिका क्षेत्रभित्रको सबै पसल , होटल पुर्ण रुपमा बन्द गरी खाद्यान्न,स्वास्थ्य सेवा लगायतका पसल तथा अत्यावश्यक सेवाहरु वडा अध्यक्ष संग समन्वय गरी संचालन गर्न दिने निर्णय गरेको छ । शिक्षण अस्पताल महारजगन्जबाट उपचार गराई गाउपालिकामा फर्किएका बिरामी तथा उनिहरको परीवारलाई गाउँपालिकामा रहेको क्वारेनटाईनमा राख्ने गरी जिल्ला प्रशासन कार्यालयको निर्णयलाई कार्यान्वयन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले सिजनल कृषि खेती सञ्चालन गर्दा सामाजिक दुरी कायम गर्दै बाहिरी मान्छेलाई संम्लग्न नगरी संचालन गर्न आग्रह गर्नुभएको छ ।
विभिन्न विकास निमार्णका कार्यको सम्बन्धमा हालसम्म सम्झौता भएका योजनाहरु सम्बन्धीत वडाका अध्यक्ष  सँग समन्वय गर्दै सामाजिक दुरी कायम गर्दैै संचालन गर्न सक्ने बैठकले निर्णय गरेको छ ।   चालु आर्थिक वर्षका स्वीकृत कुनै पनि विकास योजनाहरु अर्को सुचना जारी नभएसम्मको अवधिमा सम्झौता नगरीने प्रमुख प्रशासकीय अधिकृत गणेश राम पोखरेलले जानकारी दिनुभयो ।
पालिकाले गाउँपालिका प्रवेश गर्ने मुख्य मुख्य नाकाहरुमा चार जना सम्म स्वयमसेवक खटाउने भएको छ । सक्रमणको सम्भावना वढ्दै गएपछि तौथली, पिष्कर र धुस्कुनमा रहेका क्वारेनन्टाइनहरुको सञ्चालन र ब्यवस्थापन गर्ने जिम्मा सम्बन्धित वडाका अध्यक्षलाई दिएको छ ।

, , ,