चौताराका अत्यावश्यक पसल शनिबार र मंगलवार बिहान मात्रै खुल्ने

चौतारा, जेष्ठ ४ । 
आइतबारबाट चौतारा बजारमा  थप कडाइ गरिएको छ ।
 आज चौतारा बजार टोल बिकास समितकिो बैठकले अनाबश्यक रुपमा पसल खोल्न नदिने भएको निर्णय गरेको हो । स्थानीय तथा चौतारा टोल बिकास समितिले खाद्यान्न ,तरकारी पसल, डेरि लगायतका आबश्यक पसलहरु  हप्तामा २ दिन मात्रै खोल्न दिने निर्णय गरिएको टोल बिकास समितिका अध्यक्ष शिब श्रेष्ठले जानकारी दिनुभएको छ ।  शनिबार र मंगलवार बिहान ७ बजे देखि ९ बजेसम्म मात्रै पसल खोल्न पाउने निर्णय भएको हो  । 

, , , ,