५ बर्ष पहिले ढलेको घर हालसम्म पनि उठेनन

अर्जुन शर्मा, चौतारा,बैशाख २८ ।   
चौतारा साँगाचोकगढि नगरपालिका वडा नं ७ मा बस्ने कमला नेपालिको परिवार भुकम्प गएको ५ बर्ष हुदासम्म पनि टहरोमा नै रहेका छन् । भुकम्प गएपछि सार्बजनिक जग्गामा टहरो हालेर बसेकि कमला नेपालिको सुकुम्बासीमा नाम निस्किएको थियो ।

सार्बजनिक ठाँउमा टहरो हालेर बसेकि उनले सरकारले दिएको पहिलो किस्ता ५० हजारले शुरुमा नै लिइ सकेकी थिइन् । विपन्न परिवारमा आर्थिक समस्या सदा भई ने रहने र उनले सो रकम त्यसैमा अर्च गरिन् ।  सरकारले दिएको दिएको २ लाख अनुदानबाट जग्गा खरिद गर्दा राजश्व तिर्न समेत रकम नभएकोमा बिभिन्न संस्था तथा ब्यक्तिको सहयोगमा एक टुक्रा जग्गा घर बनाउन लागेको लामो समय भयो तर उनको घरको जगले अझै गारोे पाउन सकेको छैन । सरकारले दिन बाकि रहेको २ लाख पचाँस हजार मात्रै रहेको र आफुसँग अन्य आयस्रोत नभएकै कारण जसो तसो डीपिसी गरे पनि बाँकी काम थाल्न  नसकेको उनि बताउछिन् ।
उनि जस्तै जिल्लाका ९२४ परिवारको बिस्तापित परिवारमा नाम निस्किएको थियो तर पछि पुन पुनर्निर्माण प्राधिकरणले ७१७ परिवार मात्रै बिस्तापित रहेको भनेर डाटा निकालेको थियो । तर हालसम्म ३२१ जना परिवारले मात्रै सरकारले जग्गा किन्न दिएको २ लाख पाएको सुकुम्बासी तथा बिस्तापित परिवारको बिषयमा कार्य गर्ने सामुदायिक आत्मर्निभरता केन्द्र द्वारा सञ्चालित दिगो समाधान परियोजनाको  प्रमुख सिता भुजेल बताउनुहुन्छ ।
यस्तै चौतारा साँगाचोकगढि नगरपालिका वडा नं. ९ का बिरबहादुर तामाङले भुकम्पमा आफ्नु बुबा गुमाए तर उनि भुकम्प पिडितको लिष्टमा अटाउन सकेनन । उनि भुकम्पको बेलामा बिदेशमा रहेका थिए । उनले भने शुरुमा भुकम्प पिडितको लिष्टमा नाम निस्किएन बिदेशबाट फर्किएर पटक पटक गुनासो भर्दा पनि नाम ननिस्कदा झन पिडामा परेको बताउछन् । उनले आफु माथि अन्याय भएको भन्दै जिल्ला आयोजना कार्यान्वयन इकाईमा पुनरावेदन समेत गरेका छन् । उनिहरु त एक पात्र मात्रै हुन यसरि भुकम्पले दिएको पिडामा झन पिडा थपिएका जिल्लामा ठुलो संख्यामा रहेका छन् । सरकारको निति र नियम कसिलो र भरपर्दो नहुदा बास्तबिक पिडितले सरकारको राहत नपाएर गैरपिडितहरुले राहत लिइरहेका छन् । 
जिल्लामा पुनर्निर्माणको अबस्था
७२ साल वैशाख १२, १३ र २९ गतेलाई फर्केर हेर्दा जोकोहिको पनि मन थामिन सक्दैन् । भूकम्पले सिन्धुपाल्चोकलाई गल्र्यामै ढालेको थियो । जसले सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा पु¥यो । भूकम्पपछि सिन्धुपाल्चोकमा बस्न लायक कुनै घर तथा सरकारी भवन, शैक्षिक संस्थाहरु बस्न लाएक रहेका थिएनन् । यसरी थलिएको सिन्धुपाल्चोक हालसम्म पनि उठन सकेको छैन् ।  भूकम्पबाट घरबार विहीन हुन पुगेकामध्ये ७६ हजार ९ सय ८० परिवारले नयाँ घरमा बसाई सरिसकेका छ ।
निजी आवासतर्फ सिन्धुपाल्चोकमा हालसम्म कायम भएका  पछिल्लो गुनासो सहित  जम्मा लाभग्राहि ९०,७,५९ रहको र ८७,७,५८ लाभग्राहिले  सम्झौता गरेका जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधारका प्रमुख भरत आचार्य बताउनुहुन्छ । 
अनुदान सम्झौता गरेर ८४,००,४ लाभग्राहिले दोस्रो किस्ता वापतको रकम लिएको अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार कार्यालयसँग तंथ्याक छ । सिन्धुपाल्चोकमा रकम बुझेर घर निर्माण नगर्ने १६ जनाले पहिलो किस्ता बापतको ५० हजार रकम फिर्ता गरिसकेका आचार्यले बताउनुभएको छ । सिन्धुपाल्चोकका १६८ पहिचान भएका भूमिहीन लाभग्राहीहरूमध्ये ३५ जनाले मात्र जग्गा खरिद गरि अनुदान प्राप्त गरेका छन् । भने जिल्लामा ७१७ जना बिस्तापित भएका मध्ये ३२१ जना लाभग्राहीले मालपोत कार्यालयबाट जारी भएको लिखतको आधारमा अधिकतम प्रति लाभग्राही २ लाखसम्म जग्गा खरिद बापतको थप अनुदान पाइसकेका छन् । भने ३१९ जनाले आवास निर्माण गरिसकेका छन् । जस मध्ये हेलम्बु २ चित्रेको २ परिवारले जग्गा पुर्जामा भए जति नभएको भन्दै पुर्जा मुताविकको जग्गा माग गरि रहेका छन् । 
यस्तै २०७६ चैत्र मसान्तसम्म पहिचान भएका ९० हजार ५ सय ७९ कुल लाभग्राही मध्ये ७६ हजार ९ सय ८० भूकम्पपीडितले नयाँ तेस्रो किस्ता बापतको रकम बुझेका जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन)का प्रमुख सन्तोष निरौला बताउनुहुन्छ । उहाँका अनुसार चैत्र मसान्त सम्म लाभग्राहीमध्ये ८७ हजार ६ सय ८७ लाभग्राहीले पहिलो किस्ताबापत ५० हजार र ८४ हजार ४ लाभग्राहीले दोस्रो किस्ताबापत थप १ लाख ५० हजारको लागि सिफारिस भएको छ । उहाँका अनुसार ८८ प्रतिशत निजी आवास सम्पन्न भएको छ । सिन्धुपाल्चोकमा रकम बुझेर घर निर्माण नगर्ने १६ जनाले पहिलो किस्ता बापतको ५० हजार रकम फिर्ता गरिसकेका उहाँले बताउनुभएको छ । 
पुनर्निर्माणमा देखिएका समस्याहरु 
सरकारले कडा र प्रभावकारि निति वनाउन नसक्दा धेरै समस्या देखिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का प्रमुख निरौला बताउनुहुन्छ । उहाँ जनहित ग्रामीण सेवा समिति र अक्सफामको सहकार्यमा भोटेकोसीमा बनेको एकिकृत बस्ति निर्माण भएको उदाहरण दिदै बिस्तापित, सुकुम्बासी, परिवारको समस्या समाधान भएको बताउनुहुन्छ । सिन्धुपाल्चोक जिल्लामा धेरै गैर लाभग्राहि रहेको कारण अन्यत्र घर भएकोले १ कोठे घर बनाउने समस्या अत्याधिक रहेको प्रमुख निरौला बताउनुहुन्छ ।  धैरै मानिसहरुले तेस्रो किस्ता लिएपछि मुन्डे छानो हाल्ने समस्या अत्याधिक रहेकोले यसको निराकरणमा कार्यालय लागिरहेको उहाँ बताउनुहुन्छ । 

, , ,