नगर प्रमुख अर्यालद्वारा गोल्मेश्वर मन्दिरको शिलान्याश
रूपक पुरी,मेलम्ची, जेष्ठ ७ ।
मेलम्ची नगर पालिका वडा नं.९ ज्यामिरेमा गोल्मेश्वर महादेब मन्दिर निर्माण कार्य को शिल्यान्याश नगर प्रमुख डम्बर अर्यालले एक अनौपचारिक कार्यक्रमबीच गर्नुभएको छ ।
भुकम्पले भत्किएर जिर्ण रहेको मन्दिरमा पुजाआजा गर्नसमेत अफ्ठेरो अबस्थाको सृजना भएपछि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का साँसद शेरवहादुर तामाङ मार्फत बजेट बिनियोजन भएको निर्माण समितिका सचिव गुणराज गिरीले बताउनुभयो ।