टुहुरा र अपांगको साथी बन्यो अर्चले युवा समाज

चौतारा, जेष्ठ १ । 
कोभिड १९ बाट सुरक्षार्थ गरिएको राष्ट्रव्यापी बन्दाबन्दी (लकडाउन) का कारण समस्यामा परेका परिवारहरुलाइ सहयोग स्वरुप अर्चले युवा समाज इन्द्रावती ८ सिन्धुपाल्चोकले वडा कार्यालयको अनुमति र अभिभावकत्वमा वडा भित्रका टुहुरा, अनाथ तथा अपांगता भएका ४४ परिवारको लागि बुधबार खाद्यन्न राहात वितरण गरेको छ ।
प्रति परिवार ३० किलो चामल, २ किलो दाल, १ किलो नुन र ०.५ लिटर तेल सहितको खाद्यन्न राहत भिडभाड नगरी भौतिक दुरी कायाम गर्न र लक्षित परिवारको सहज पहँुच होस भन्ने हेतुले घर दैलौमा नै पुगी वितरण गरिएको हो ।
 उक्त राहात इन्द्रावती ८ स्थायी घर भई हाल विभिन्न देशहरुमा तथा नेपालमै रही विभिन्न पेशा व्यवासायमा संलग्नसहृदयी सहयोगी दाताहरुको सहयोगमा उपलब्ध गराइएको हो । 
लकडाउनका कारण आम मानिसहरुमा आयआर्जन र जिविकोपार्जनको समस्या रहेको र त्यसमा पनि अनाथ, टुहुरा बालबालिका तथा अपांगता भएका व्यक्तिहरु उच्च जोखिममा रहने भएकोले पहिलो चरणमा ती बर्गमा राहात सहयोग गरिएको कुरा समाजका अध्यक्ष पुष्पलाल तामाङले बताउनु भयो । पछिल्लो समय नेपालका विभिन्न जिल्लाहरुमा कोरोना भाईरस संक्रमण बढदै गई देशव्यापी रुपमा लकडाउन झनै कडा हुने र समयबधी थप हुन सक्ने सम्भावनालाई मध्यनजर गरी समाजले राहात वितरण अभियान शुरु गरिएको हो ।
 विपदको घडीमा वडा कार्यालय संगको समन्वयमा उपलब्ध गरिएको यो राहातले लक्षित बर्गको तत्काल खाद्यन्नको लागि महत्वपुुर्ण सहयोग पुगेको र आगामी दिनहरुमा पनि यस्तै मानवीय सेवा तथा वडाको विकास निर्माणका कार्यहरुमा समेत साझेदारी र सहकार्यको लागि युवा समाजलाई अनुरोध गरिएको कुरा वडाध्यक्ष केदारनाथ आचार्यले बताउनु भयो । 
 यहि अबस्था रही रहेमा आगामी दिनहरुमा समुदायमा रहेका जेष्ठ नागरिक, साहारा विहीन, असाहाय, दिर्घरोगी तथा अति विपन्न हरुको लागि समेत राहातको आबश्यकता पर्ने भएकोले अन्य सहयोगी हातहरुलाई समेत अनुरोध गरिएको कुरा समाजका सल्लाहकार हर्क तामाङले बताउनु भयो ।


, , ,