हेटौंडाका प्रयोगशाला प्रमुखलाई दुर्व्यवहार गर्ने कार्की पक्राउ

लोकप्रिय समाचार, जेष्ठ ४ । 
हेटौंडामा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमतीका प्रमुख नारायण कार्कीलाई बाटोमा रोकेर अभद्र व्यवहार गर्दै केरकार गर्ने उत्तम कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चन्द्रगिरी घर भएका उत्तम कार्कीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । शुक्रबार हेटौँडाबाट काठमाण्डौं आउँदै गरेका वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई उत्तम कार्कीले गाडीबाट झर्न लगाएर उहाँको झोला र गाडी जाँच गर्दै दुर्व्यवहार गरेका थिए । त्यसको चौतर्फी विरोध भइरहेको छ ।
चन्द्रागिरि नगरपालिका क्षेत्रमा कोरोना भाइरस संक्रमित देखिएपछि लकडाउन प्रभावकारी बनाउन शुक्रबार स्थानीयको भीड सडकमा उत्रेको थियो । कोरोना संक्रमित बढ्दै गएपछि स्थानीय उत्तेजित भएर सडकमा उत्रेका थिए।
 आजै मात्रै बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयलेले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमतीका प्रमुख नारायण कार्कीलाई दुरव्यवहार गर्नेलाई कार्बाही गर्न माग गरेको थियो । मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले आज विज्ञप्ती जारी गर्दै कार्बाहीको माग गर्नुभयो । प्रयोगशाला प्रमुख प्रति भएको घटनाको मन्त्रालयले विज्ञप्ती जारी गर्दै खेद व्यक्त गरेका छ ।

शुक्रबार हेटौंडाबाट काठमाडौं फर्कँने क्रममा केही सामाजिक अधियानता भन्नेहरुलाई उहाँलाई दुरव्यवहार गरेका थिए । कोरोना परीक्षणका लागि हेटौंडामा भर्खरै सञ्चालनमा ल्याइएको ल्याबको व्यवस्थापन सकेर कार्की काठमाडौं फर्कनुभएको थियो।

वरिष्ठ मेडिकल प्रयोगशाला विशेषज्ञ रहनुभएका कार्की ल्याबको व्यवस्थापनमा निरन्तर खटिरहनु भएको छ। उहाँप्रति भएको घटनामा दोसीलाई कार्बाहीको दायरमा ल्याउन मन्त्रालयले माग गरेको हो ।

, , ,