नेकपा वडा कमिटि द्वारा विपद ब्यवस्थापन कोषलाई २ लाख ८७ हजार हस्तान्तरण

मेलम्ची, बैशाख २५ । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेलम्ची नगर कार्यादलले नगर मातहतको संक्रमण नियन्त्रण कोषमा २ लाख ८७ हजार १ सय ६६ रुपैंया हस्तान्तरण गरेको छ ।

नगर भित्रका १३ वडा र कार्यदलका सदस्यहरुबाट सो रकम संकलन गरी नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्याललाई हस्तान्तरण गरिएको हो । मेलम्ची नगर कार्यादलका संयोजक चन्द्रबहादुर थापाले सो रकम हस्तान्तरण गर्नुभएको हो  । १ नं. वडा कमिटीबाट १५ हजार ३ सय, २ नं. वडा कमिटीबाट १५ हजार, ३ नं. वडा कमिटीबाट ७ हजार, ४ नं. वडा कमिटीबाट १५ हजार, ५ नं. वडा कमिटीबाट २० हजार १ सय १५, ६ नं. वडा कमिटीबाट २५ हजार, ७ नं. वडा कमिटीबाट ६ हजार रुपैंया संकलन भएको थियो ।
त्यस्तै ८ नं. वडा कमिटीबाट १० हजार, ९ नं. वडा कमिटीबाट १७ हजार, १० नं. वडा कमिटीबाट ११ हजार १ सय ११, १२ नं. वडा कमिटीबाट ४० हजार ४ सय ४० र १३ नं. वडा कमिटीबाट २२ हजार १ सय १० रुपैंया संकलन गरिएको थियो । मेलम्ची नगर कार्यादलको तर्फबाट संयोजक चन्द्रबहादुर थापाले ५ हजार, डम्बरबहादुर अर्यालले १० हजार, भगवति नेपालले ५ हजार, उपमेयरको तर्फबाट ४ हजार, उद्दान आलेमगरले ५ हजार, घननाथ पराजुलीले ५ हजार ५ सय ५५ र गोपाल नेपालबाट ५ हजार रुपैंया संकलन गरिएको थियो ।

, , , ,