पाँचपोखरी थाङपालले दियो दिर्घ रोगीहरुलाई निशूल्क औषधी

चौतारा, बैशाख २० । 
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले दिर्घ रोगीहरुलाई आजबाट निशूल्क औषधी वितरण सुरु गरेको छ । लामो समय लक डाउन भएका कारण गाउँपालिका बासी काठमाण्डौ लगायत अन्य ठाउँमा गई औषधी ल्याउन सम्भव नभए पछि गाउँपालिका आफैँले औषधी वितरण सुरु गरेको हो । यस अघि गाउँपालिकाले सूचना जारी गरी वडा वडाबाट दिर्घरोगीहरुले सेवन गर्ने औषधीको विवरण संकलन गरेको थियो । स्वास्थ्य शाखाका प्रमुख आत्मराम धितालका अनुसार करिब ४ सयका संख्यामा विवरण संकलन भएको र आज गुन्सा र भोनाम्लाङका केही ठाउँमा वितरण गरिएको छ । अन्य ठाउँमा पनि क्रमशः वितरण  गरिने उहाँले बताउनुभयो ।

, , ,