रिलायबल नेपाल लाईफ इन्स्योरेन्स बलियो हुँदै, जीवन बीमा कोष १ अर्ब माथि

चौतारा,बैशाख ३० । 
रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म १ अर्ब २१ करोड कुल बीमा शुल्क आर्जन गरेको।  गत वर्ष कम्पनीले ९३ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो। त्यस्तै खुद बीमा शुल्क आर्जन ३६ प्रतिशतले वृद्धि हुँदै १ अर्ब २० करोड पुगेको छ।
Reliable Nepal Life Insurance Limited | AskMe Job
कम्पनीले कम्पनीले यस अवधिमा २३ करोड १५ लाख कुल दावी भुक्तानी गरेको छ भने भुक्तानी हुन् बाँकी रकम छैन । यसको मतलव कम्पनीले आएको शत प्रतिशत दावीलाई भुक्तानी गरेको छ।
खुद मुनाफा ८ प्रतिशतले वृद्धि हुँदै १६ करोड ७० लाख पुगेको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १५ रुपैया ९१ पैसा छ भने किताबी मूल्य १४६ रुपैया ४३ पैसा छ।
१ अर्ब ४० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ५९ करोड ७५ लाख रहेको छ भने जीवन बीमा कोष १ अर्ब २ करोड पुगाउन सफल भएको छ।  गत आर्थिक वर्षको यसै अवधिमा जीवन बीमा कोष ४१ करोड ३१ लाख थियो।

, , , ,