सामाजिक जवाफदेहितामा टि.आई नेपालले खेलेको भुमिका

अर्जुन शर्मा, चौतारा, बैशाख २७ । 
सुचनाको हक अन्र्तगत सम्पुर्ण नागरिकले सरकारी तथा गैरसरकारी संस्थाले गरेका र भएका गतिबिधि बारे जानकारी पाउनुपर्ने भन्ने व्यवस्था भएता पनि  सिन्धुपाल्चोक जिल्लामा रहेका सरकारी कार्यालयहरु मध्ये अधिकांश कार्यालयमा सामाजिक जवाफदेहिताका औजारहरु नागरिक वडापत्र, गुनासो पेटीका, सुचना अधिकारी तथा जानकारी सहितको बोर्ड, सुचना पार्टी, त्रैमासिकरुपमा सार्वजनिक गर्नुपर्ने आर्थिक तथा प्रगति प्रतिवेदन, सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण जस्ता विधि खासै प्रयोगमा ल्याएको पाइदैन थियो ।


 यसरी जिल्लामा सुचनाको हकको व्यवस्थामा कार्यालयले बेवास्ता गरेको थियो । सुचनाको हकबाट आम जनताहरुमा बन्चित रहेको थियो । जिल्लाका कुनैपनि सरकारी कार्यालयमा सामाजिक जवाफदेयिताका औजारहरु नागरिक बडापत्र, सुचना पाटी, गुनासो पेटिका, सुचना अधिकारी, त्रैमासिक प्रगति बिवरण सार्बानिक,सार्बजनिक सुनुवाई, सामाजिक परिक्षण कुनैपनि साधनको व्यवस्था गरिएको नपाएपछि जिल्लामा पहिलो पटक सुचनाको हक पाउनुपर्छ र कार्यालयले यसको व्यवस्था गर्नुपर्ने कुराको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आवाज उठाएको थियो ।
यसरी संस्थाले जिल्ला प्रशासन कार्यालयको समन्वयमा २०७६ साल साउन १४ मा  सामाजिक जवाफदेहिताका औजारका बिषयमा सरकारी कार्यालयका प्रमखहरुसँग एक अन्र्तक्रिया कार्यक्रम संचालन गरेको थियो । कार्यक्रममा जिल्लामा रहेका कार्यालयलाई उक्त कुराको व्यवस्था गर्न तत्कालिन प्रमुख जिल्ला अधिकारी गोमा देवी चेम्जोङले सम्पुर्ण कार्यालयलाई तत्काल सामाजिक जवाफदेहिताका औजारहरुको व्यवस्था गर्न निर्देशन दिनुभएको थियो ।
उक्त कार्यक्रम लगत्तै नै सम्पुर्ण कार्यालयहरुले कार्यालयमा सुचना अधिकारी तोक्ने काम गरेको थियो ।  यस सँग सँगै तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माको नेतृत्वमा सुचना अधिकारीहरुको एक टिम नै तयार भएको थियो र मासिक बैठक बस्ने समेत कार्यको थालनी भएको थियो उक्त समुहको बैठक हालसम्म पनि प्रत्यक महिना बसिरहेको छ र जिल्लामा रहेका कार्यालयका गतिबिधिहरुको समेटिरहेको छ । यस सँगसँगै कार्यालयमा सुचना पाटी तयार गर्ने, गुनासो पेटिका राख्ने त्रैमासिक रुपमा प्रगति बिवरण सार्बजनिक गर्ने जस्ता कार्यले निरन्तरता पाएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताउनुभएको छ ।  
उक्त सुचना अधिकारीको संयुक्त मासिक बैठकको अनुभव आदान प्रदानबाट प्रभावकारी रुपमा जनसमुदायमा सुचना प्रकाशन र प्रशारणमा सहयोग पुगेको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन)का प्रमुख कृष्ण ज्ञावली बताउनुहुन्छ । 
यस कार्यक्रमको प्रभाव अन्य सरकारी कार्यालयमा मात्रै नभएर  जिल्ला प्रशासन कार्यालयमा समेत प्रभाव परेको थियो । जिल्ला प्रशासन कार्यालयले तत्कालिन समयमा डिजिटल डिस्प्ले मार्फत नागरिक वडापत्रको व्यवस्था गरि नागरिकमा सुचना दिने कार्य गर्दै आइरहेकोमा संस्थाले डिजिटल बोर्ड सम्पुर्ण नागरिकको पहुचमा नहुने भन्दै तत्काल नागरिक वडापत्र फ्लेक्स प्रिन्ट गरि कार्यालयमा व्यवस्था गरेको थियो ।  
यसरी संस्था र प्रशासन कार्यालयको सक्रियतामा सम्पुर्ण कार्यालयमा सुचनाका स्रोतहरु पाउनुपर्ने व्यबस्था गरिएता पनि सो कार्यको पालना भएको छ या छैन र कत्तिको प्रभाबकारी भएको छ ? कार्यान्वयन गरेका छन कि छैनन भनि प्रशासन कार्यालयको समन्वयमा संस्थाले सरकारी कार्यालयमा स्थलगत अवलोकन गरेको थियो । संस्थाले प्रशासनको समन्वयमा माघ महिनामा जिल्लामा रहेका कार्यालयका सामाजिक जवाफदेहिताको औजारको प्रयोग  तथा व्यवस्थापन सम्बन्धि एक सर्बेक्षण गरेको थियो ।
यसरी जिल्लामा रहेका २६ वटा कार्यालयमा सर्बेक्षण गर्दा १५ वडा कार्यालयमा मात्रै नागरिक बडापत्र रहेको पाइएको थियो भने २१ कार्यालयले सुचना बोर्ड, २१ कार्यालयले गुनासो पेटिका, १६ कार्यालयले सुचना अधिकारीको व्यबस्था गरेको थियो । यस्तै ५ वटा कार्यालयले मात्रै त्रैमासिक रुपमा प्रगति अपडेट गरेको पाइएको थियो । सर्बेक्षणमा कुनैपनि कार्यालयले सामाजिक परिक्षण नगरेको पाइएको थियो । सर्बेक्षणको क्रममा कायालयहरुको प्रभाबकारिता नदेखिएपछि उक्त कुरामा कार्यालयलाई पुन सचेत गरेको थियो । यसरी सचेत गरिसकेपछि सर्बेक्षण परिएको एक महिना पुन सर्बेक्षण गर्दा कार्यालयमा धेरै सुधार पाइएको थियो ।
एक महिनाको अन्तरालमा पहिले सर्भेक्षण गरिएका कार्यालयमानै पुन सर्बेक्षण गर्दा २ कार्यालयले थप गरि १७ वटा कार्यालयमा नागरिक बडापत्र राखेको पाइएको थियो । २० कार्यालयले सुचना बोर्ड राखेर सुचना प्रदान गरिरहेको पाइएको थियो । पुन सर्बेक्षण गर्दा १ कार्यालयले थप गरि  २२ कार्यालयले गुनासो पेटिका राखेका थिए ।  पछि थप ३ कार्यालयले सुचना अधिकारी थप गरि १९ कार्यालयले सुचना अधिकारीको व्यबस्था गरेको छ । यस्तै २ कार्यालयले थप गरि ७ वटा कार्यालयले त्रैमासिक रुपमा प्रगति अपडेट गरेको पाइएको थियो । र बाँकी कार्यालयले तयारी भइरहेको बताएका थिए ।  पुनः सर्बेक्षणमा गर्दा पनि कुनैपनि कार्यालयले सामाजिक परिक्षण भने गरेको पाइएको थिएन् ।
उक्त कार्यको प्रभावले  हालसम्म  कार्यालयमा सहजै रुपमा सुचना पाउन सकिएको जन समुदायको भनाइ रहेको छ । अझ भूकम्पपिडित नागरिकहरुसंग समन्वय राख्ने जिल्ला आयोजना कार्यान्वयन इकाई( अनुदन व्यवस्थापन तथा स्थानिय पूर्वाधारमा अन्र्तक्रिया अघि सम्म कुनै पनि व्यवस्था थिएन तर त्यस कार्यक्रम पश्चात कार्यलयमा सबै व्यवस्था गरिएको र टि.आई. नेपालले गरेको कार्यक्रमले नै सबै गर्न प्ररीत गरेको तत्कालिन जिल्ला आयोजना प्रमुख लक्ष्मण कुमार सेठ बताउनु हुन्छ ।  
यस्तै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सजक बनाएपछि कार्यालयले गरका गतिबिधिहरु अपडेट गर्न पहल गरिएको मालपोत कार्यालयका टंक प्रसाद उपाध्यायले जानकारी दिनुभएको छ । 
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल भष्ट्राचार बिरुद्ध क्रियाशिल एक नागरिक संस्था हो । संस्थाले २०७२ सालमा गोरखा केन्द्र बिन्दु भएर गएको भुकम्पले बढी प्रभावित सिन्धुपाल्चोक जिल्ला सहित १४ जिल्लामा भुकम्पपछिको  पुर्ननिर्माण र पुर्नस्थापनामा सदाचार कार्यक्रम संचालन गरिरहेको छ । भुकम्पपछि सरकार, स्थानिय निकायसँग  पुर्ननिर्माण र पुर्नस्थापना कार्यमा  जवाफदेही, पारदर्शीता र गुणस्तर कायम गर्न सहकार्य गरिरहेको छ । 

, , , , ,