नेकपा मेलम्ची ११ बाट विपद्कोषमा ३६ हजार ३५ रुपैँया नगद सहयोग

चौतारा, बैशाख २० ।
नेपाल कम्युनिष्ट पार्टी मेलम्ची ११ ले  नगरपालिकाको कोरोना विपद्कोषमा ३६हजार ३५ रुपैँया सहयोग गरेका छन् ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस रोकथामको लागि मेलम्ची नगरपालिकालाई नेकपाले उक्त सहयोग गरेको हो । नेकपा मेलम्ची ११ नगर कमिटि अध्यक्ष नवराज दुलालले उक्त रकम मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याललाई हस्तान्तरण गर्नुभएको हो ।
२५ लाखबाट सुरु गरिएको उक्त कोषमा  यस अघि  नेपाल बैंक मेलम्ची शाखाले ३५ हजार र नगरमा सञ्चालनमा रहेका विभिन्न सहकारीहरूबाट १ लाख २५ हजार नगद संकलन गरी कोरोना विपद्कोषमा सहयोग गरेका थिए  ।

, , , ,