जिल्ला विकासकै झल्को दिने समन्वयको विकास साझेदारी, ४१ करोड स्थानिय तहलाई

बिदुर आचार्य, चौतारा
जिल्ला समन्वय समितिले मौजाद कोषको ४१ करोड स्थानिय तहको विकासमा खर्च गरेको छ ।


 स्थानिय तहको अभ्यास पहिले जिल्लाको मुख्य विकासे अण्डाको रुपमा रहेको जिल्ला विकास समितिको जस्तै झल्को दिने गरि जिल्लाका सवै स्थानिय तहको विकासमा साझेदारी गरेको हो । समन्वय समितिले जिल्लाको बाह्र स्थानिय तहको एक सय ७ योजनामा आफ्नो मौजाद कोष परिचालन गरेको जनाएको छ ।
 समन्वय समितिले प्रत्येक स्थानिय तहमा कँितमा एक र वढीमा २४ वटा सम्मको विकास योजनामा सहयोग गरेको छ । जिल्ला समन्वय समितिले विनियोजन गरेको वजेटमा स्थानिय तहले म्याचिङ फन्ट वाट विकासको काम गरिएको समन्वय प्रमुख कृष्णगोपाल तामाङले जानकारि दिनुभयो । समन्वय समिति र स्थानिय तहको संयुक्त फन्ट वाट पउने एक अर्वको विकास परियोजना सञ्चालित रहेको तामाङले बताउनुभयो । 
८ कार्यपालिकालाई १८ करोड
बाह्र स्थानिय तह रहेको जिल्लाका आठ स्थानिय तहको कार्यपालिका भवन निर्माणको लागि जिल्ला समन्वय समितिले १८ करोड ४५ लाख रकम विनियोजन गरि कार्य सञ्चालन गरेको छ । मेलम्ची र चौतारा साँगाचोकगढी नगरवपालिका सहित लिसङ्खु पाखर, जुगल, ईन्द्रावती, त्रिपुरासुन्दरी, पँचपोखरी थाङ्पाल र भोटेकोशी गाँउपालिकाको कार्यपालिका भवन निर्माणको लागि समन्वय समितिले अठार करोड वढी रकम सहयोग गरेको उल्लेख गरेको छ । वितरित वजेटको म्याचिङ फण्ट थपि स्थानिय तहले तीव्र रुपमा काम गरिरेको र कतिपय स्थानिय तहले कार्य सम्पन्न गरि अन्तिम किस्ता माग गरेको जिल्ला समन्वय समितिकी उपप्रमुख वालकुमारी सापकोटाले जानकारि दिनुभयो । 
आफ्नै भवनवाट सेवा दिदै वडा कार्यालय
लामो समय भाडामा संकुचित रुपमा सञ्चालन गर्दै आएको वडा कार्यालयहरु क्तमश आफ्नै पक्कि भवनवाट सेवा सुचारु थालनी गरेका छन् । जिल्लामा कुल एक सय तीन वडा मध्ये कतिपयले भवन निर्माण सम्पन्न गरि सेवा प्रवाह सुरु गरेका छन,  त कतिपय निर्माणको चरणमा छन् । जिल्ला समन्वय समिति मार्फत वजेट उपलब्ध भएपछि वडा कार्यालय भवन निर्माण गरि सेवा प्रवाह सुरु गरिसकेको चौतारा साँगाचौकगढी – १० का अध्यक्ष वेलवहादुर महत वताउनुहुन्छ । जिल्ला समन्वय समितिले जिल्लाभर २१ वटा वडा कार्यालय निर्माण गर्न पाँच करोड ८७ लाख विनियोजन गरेको थियो । 
स्वास्थ्य र शिक्षामा प्राथमिकता 
विनासकारी भूकम्प पछि जिललाका अधिकांश विद्यालय र स्वास्थ्य भवन ध्वस्त भए । जिल्लामा अझै कतिपय स्वास्थ्य भवन तथा विद्यालय पुन निर्माणको क्रममा छन् । जिल्ला समन्वय समितिले विद्यालय निर्माण र स्वास्थ्य कार्यालय निर्माणमा आफ्नौ मौजाद कोषको दश करोड विनियोजन गरेको थियो । विद्यालय र स्वास्थ्य भवन निर्माण तथा मर्मत गर्न सहयोग पुगोस् भन्ने हेतुले वजेट पठाईएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ वताँछन् । ‘जिल्लाका २४ विद्यालयलाई पाँच करोड र १६ स्वास्थ्य चौकी भवन निर्माण तथा सहयोग वापत झण्डै छ करोडको काम भैरहेको छ ।’ समन्वय प्रमुख तामाङले भन्नुभयो । 
४ करोडको ३१ खानेपानी आयोजना
जिल्ला समन्वय समितिको मौजाद कोषवाट जिल्ला भरका ३१ वस्तीमा सुलभ खानेपानी पु¥याउने उदेश्यले चार करोड १३ लाख का ३१ परियोजना सञ्चालनमा छन् । सञ्चालित सवै योजनाको काम अन्तिम चरणमा पुगेको समन्वय उपप्रमुख वालकुमारी सापकोटा वताउँछिन्। जिल्ला भर स्थानिय तहलाई विकास साझेदारीमा समन्वय गरि समन्वयकारी  भूमिकामा जिलला समन्वय समितिले काम गरेको सापकोटा वताउनुहुन्छ । 

, , , ,