सुरक्षा भत्तालाई हाल वितरण नगर्ने सरकारको निर्णय प्रति नेपालि काङग्रेस ध्यानाकर्षण

काठमाडौँ,जेष्ठ ८ । 
अतिअशक्त अपाङ्गता भएका व्यक्ति एवं ६० वर्ष मुनिका असहाय एकल (विधवा) महिलाहरुलाई विगतमा दिदै आएको सामाजिक सुरक्षा भत्तालाई हाल वितरण नगर्ने सरकारको निर्णय प्रति संघिय संसद , संसदलिय दल नेपालि काङग्रेसले गम्भीर ध्यानाकर्षण गराएको छ ।
बिहिबार प्रमुख सचेतक बालकृष्ण खाणद्धारा हस्ताक्षर गरिएको प्रेष बिज्ञप्तिमा भनिएको छ । “नेपालको संविधानमा अशक्त, अपाङ्गगता भएका व्यक्ति र असहाय नेपाली नागरिकले सामाजिक सुरक्षाको हकबाट बञ्चित रहनु पर्ने छैन भन्ने प्रावधान अनुसार दिइदै आएको सामाजिक सुरक्षा भत्तालाई कानून र नियम विपरित नदिने निर्णय प्रति हामी गम्भीर आपत्ति व्यक्त गर्दछौं ।
कोरोना महामारीबाट प्रताडित भइरहेको विषम अवस्थामा अतिअशक्त अपाङ्ग तथा असहाय एकल महिलाहरुको भत्ता रोकिनु भनेको अत्यन्त अमानवीय कार्य हो । तसर्थ सरकारद्वारा गरिएको गैर जिम्मेवार निर्णयलाई तत्काल खारेज गरी अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्न नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ ।”

, , , ,