ईन्द्रावति कारिडोरमा सामुहिक व्यवसायिक खेती गरिने

देबराज सुबेदी, मेलम्ची ,१९बैशाख
ईन्द्रावति गाउँपालिका र मेलम्ची नगरपालिकाको संयुक्त सहभागितामा ईन्द्रावति कारिडोरमा सामुहिक व्यवसायिक खेती गर्ने उदेश्यले आज ९ सदस्यीय समिति गठन गरिएको छ ।
 जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनाल र जिल्ला जनस्वस्थ्य प्रमुख दुर्गादत्त चापागाईँ लगायतको उपस्थितिमा बसेको बैठकले समिति गठन गरेको हो । अर्जुन प्रसाद घोरासैनीको अध्यक्षतामा गठित उक्त समितिमा प्रेम प्रसाद आचार्य सचिव रहेका छन् भने कोष अध्यक्षमा राजेन्द्र प्रसाद दंगाल रहनु भएको छ । ईन्द्रावति गाउँपालिका अन्तर्गतको बुढिचौर कृषि सहकारी अन्तर्गत ईन्द्रावती गाउँपालिकाको भीमटार र मेलम्ची नगरपालिका अन्तर्गतको फटकशीला कृषि सहकारी अन्तर्गत फटकशीलामा रहेको शीचुवा बगरमा व्यावसायिक खेती गरिने अध्यक्ष घोरासैनीले बताउनु भयो ।
सामुहिक खेतीका लागि प्रदेश सरकारबाट १ करोड ५० लाख रुपैँया प्राप्त भएको र अहिले खेती गर्नाका लागि सिचाईँको व्यवस्था तथा जग्गा सम्याउने कार्यका लागि उक्त रकम प्रयोग गरिने उहाँले जानकारी दिनुभयो । तत्कालका लागि मकै छर्ने र सिँचाईको व्यवस्था भैसकेपछि नगदेबाली लगाउने, माछापोखरी बनाई माछा पालन गर्ने तथा होम स्टे बनाउने जस्ता बहुबर्षे योजनाहरु तर्जुमा गरेको पनि अध्यक्ष घोरासैनीले जानकारी दिनुभयो ।

, , ,