आगामी बजेटमा नयाँ प्याकेज ल्याइएन भने अधिकांश मिडीया र पत्रकारहरु धरासायी हुन्छन् बिडारी


मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्मर ६ स्थित टिस्टुङ बज्रबाराहीमा २०३७ साल असार २९ गते जम्मनुभएका पत्रकार शन्तराम बिडारी अहिले नेपाल पत्रकार महासंघका ७७ वटा जिल्ला शाखाहरुमध्ये सबैभन्दा ठुलो र प्रभावकारी जिल्ला शाखा काठमाडौं जिल्लाको अध्यक्ष हुनुहुन्छ ।  पिता स्वर्गिय शिवप्रसाद बिडारी र माता  राधा बिडारीको कोखमा जन्मनुभएका उहाँ २०५६ साल यता एसएलसी पास गरेदेखि काठमाडौंमा बस्दै आइरहनु भएको छ । 



एसएलसी पास हुने बित्तिकै उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिर्नुभएका उहाँले रत्नराज्य क्याम्पसबाट पत्रकारिता तथा आमसञ्चार विषयमा एमए पास गर्नुभएको छ भने नेपाल ल क्याम्पसबाट एलएलबी गर्नुभएको छ ।
त्यतिबेला देखि नै विभिन्न साप्ताहिक पत्रिकाहरुमा प्रशिक्षार्थी पत्रकारका रुपमा काम गर्दै, विभिन्न अनुभव हासिल गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिमहरु समेत लिँदै हाल भने उहाँले पत्रकारिता शिक्षा प्राध्यापन एवं विभिन्न पत्रकारिता तालिमहरु समेत दिँदै आउनुभएको छ ।
पत्रकारिताको दुइ दशकको अनुभवमा उहाँले छापा, विद्युतीय र अनलाइन गरी सबै प्रकारका मिडीयाहरुमा काम गरेको अनुभव बटुल्नुभएको छ । बिडारीले गोरखापत्र दैनिक, एबिसी टेलिभिजन, विभिन्न साप्ताहिक पत्रिकाहरु तथा अनलाइन सञ्चारमाध्यमहरुमा काम गरेको अनुभव संगाल्दै विगत १३ वर्षदेखि दामन पोष्ट साप्ताहिक पत्रिका सञ्चालन तथा प्रकाशन गर्दै आउनुभएको छ भने पछिल्लो समय सेन्टरखबर डटकम नामक अनलाइनमा पनि आवद्ध हुनुहुन्छ ।
संचार सम्वन्धी अध्ययन, अनुसन्धान र विश्लेषणमा विशेष रुचि राख्नुहुने उहाँ नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा निर्वाचित भएको पनि ३ वर्ष पुगेको छ । यस बीचमा कोरोना भाइरसका कारण सबै क्षेत्र अस्तव्यस्त भएसंगैं काठमाडौंमा रहेका पत्रकारहरुको अवस्था र काठमाडौं जिल्ला शाखाको गतिविधीका बारेमा लोकप्रिय समाचारले छोटो कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंशः 
तपाँइको परिचय दिनुहोस न ?

आफ्नो परिचय आफैंले कसरी दिनु । मलाई मेरै नाम शन्तराम बिडारी काफी छ । म आफुलाई पत्रकारिता क्षेत्रमा संघर्षरत एक युवा भन्न रुचाँउछु । खासगरी दुइ दशकको पत्रकारिता यात्राको अनुभवले मलाई यस क्षेत्रमा जोखिम, चुनौति र अवसर गरी तिनवटै कुरा दिएको छ । त्यसको त्रिवेणीमा जीवन संघर्ष पार गर्दै अहिलेसम्म आइपुगेको छु । र, आगामी दिनमा पनि यसमै रमाउने छु । पछिल्लो समय पत्रकार महासंघको नेतृत्वमा पुगेपछि पत्रकारिता कम र पत्रकारको हकहितको मुद्दामा बढी दौडिरहेको एक पात्र भनी आफुलाई चिनाउन चाहन्छु ।
हाल विश्वब्यापी रुपमा फैलिएको कोरना अर्थात कोभिड –१९ का महामारी नियन्त्रण तथा रोकथामका लागि पत्रकार महासंघले के–के गरिरहेको छ ?
अहिले विश्वब्यापी महामारीका रुपमा आएको कोरोना भाइरसले हाम्रो देशमा पनि व्यापक असर पु¥याउन थालेको छ । संसारभरीका शक्तिशाली देशहरुले त यसलाई नियन्त्रण गर्न नसकेको अवस्था छ भने हाम्रो मुलुकको सरकारको मात्र  एकल प्रयासले यसमा केही लाग्दैन । जो जहाँ छौं, हरेक तह र तप्काका व्यक्ति,संस्था र समुदायले यो महामारी नियन्त्रणको अभियनमा सहयोग पु¥याउनु आवश्यक छ । खासगरी पत्रकार महासंघले यो संकटका बेला सञ्चारकर्मी र सञ्चार माध्यमका समस्याबारे काम गर्ने हो । त्यसमा हामी क्रियाशील छौं । यो रोग बढी फैलन नदिनका लागि राज्यले लागु गरेको लक डाउन कडाइका साथ पालना गर्ने गराउने काम संगैं यो संकटको बेलामा पनि कसरी सञ्चार संस्थाहरुले सत्य, तथ्य र सन्तुलित समाचार प्रवाह गरी जनतालाई सुशुचित गर्ने भन्नेमा हामी चिन्तनशिल छौं र सोही बमोजिम काम गरिरहेका छौं ।
पत्रकार महासंघ काठमाडौंले कसरी आफ्ना पत्रकारहरुकोे सुरक्षाको ब्यबस्था गरेको छ ?
काठमाडौं शाखा केन्द्रीय राजधानीमा काम गर्ने पत्रकारहरुको शाखा हो । करिव १५ सय पत्रकारहरु यस शाखामा गोलवन्द हुनुहुन्छ । यो विपत्ती सुरु भए लगत्तै देखि हामी हाम्रा साथीहरुको चह¥याइरहेको घाउमा कसरी मलम लगाउन सकिन्छ भनेर क्रियाशील छौं । यस बीचमा हामीले श्रमजिवी पत्रकारहरुका लागि खाद्यान्य सहयोग, सुरक्षात्मक सामग्रीहरु माक्स, पन्जा, ह्याण्ड सानिटाइजरको प्रवन्ध, पिपिइ तथा प्रेस ज्याकेटको व्यवस्थापन, आफ्ना सदस्यहरुको शरिरको तापक्रम नापीरहने प्रवन्ध तथा कोरोना टेस्टको व्यवस्था लगायतका काम अहिलेसम्म गरेका छौं । अग्रजविरामी पत्रकारहरुका लागि घरमै औषधी पु¥याउने काम पनि भएको छ ।  दिर्घरोग भएका केही पत्रकार साथीहरुको उपचार खर्चको प्रवन्धका लागि पनि महासंघ जुटेको छ । त्यतिमात्र होइन यो संकटको बेला पत्रकारहरुको अन्य नीतिगत समस्यामा ध्यानाकर्षण गराउने,आगामी बजेटमा सञ्चारसंस्था तथा पत्रकारहरुलाई अल्पकालिन तथा दिर्घकालिन राहत प्याकेजको घोषणा गराउने, पत्रपत्रिका, रेडियो तथा अनलाइनहरुलाई केही अतिरिक्त विज्ञापन मार्फत सहुलियत प्रदान गर्ने लगायतका काममा लाग्दै आएका छौं ।
पत्रकारहरु बिस्तारै जोखिममा पर्दै छन्, समाचार नलेखे, नभने संञ्चार माध्यमको काम छैन, गरे जोखिम छ, यसको कसरी व्यबस्थापन गरिएको छ ?
हो, एकपछि अर्को गरी कोरोनाको जोखिममा पहिलो पंतिमा सक्रिय भएर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरु नै हुन् । अहिले पनि देशैभरीमा गरीकरिव आधा दर्जन हाम्रा पत्रकार साथीहरु कोरोना संक्रमणका कारण आइसोलेशनमा बसेर उपचाररत हुनुहुन्छ । यो संख्या अझै बढ्न सक्ने पनि खतरा छ । त्यसमाथी पत्रकारलाई लाग्यो भने बेलैमा परिक्षण हुन नपाँउदा त्यसबाट अन्यत्र पनि जनसम्पर्कमा बढी जाने हुनाले छिटो संत्र,मण हुने खतरा रहन्छ । यो विषयमा सचेत रहँदै म पत्रकार साथीहरुलाई सर्वप्रथम आफु जोगिएर मात्र काम गर्न आग्रह गर्दछु । पहिला आफु बाँच्ने हो । रिर्पोटिङ गर्दा पनि भरसरक भिडभाडमा नगइकन टेलिफोन सम्पर्क, सामाजिक सञ्जाल र इन्टरनेटको सहायताबाट स्रोतसंग सम्पर्क गरी गर्नुहुन अनुरोध गर्दछु । ठुला सञ्चारगृहले पत्रकारहलाई आवश्यक सुरक्षात्मक सामग्री, कार्यालयमै बसेर काम गर्ने व्यवस्था र बाँकी बक्यौता तलव तत्काल दिन पनि आग्रह गर्दछु । यो जटिलताका बीच खट्ने र राज्यलाई योगदान दिने सञ्चारकर्मी र सञ्चारसंस्थाहरुको उच्च मुल्याङ्कन आगामी बजेटमा हुनेछ भन्ने आशा छ । हामीले यो असहजताका बीच चिरेर काम गर्न सक्यौ भने मात्र पेशागत दायित्व निर्वाहका साथै संकटको सारथी बन्न सक्छौं । तसर्थ सबै साथीहरुलाई नआत्तिकन तर पुर्ण सचेत भएर पेशागत दायित्व पुरा गर्न म आग्रह गर्दछु ।
पत्रकारहरुको बिमाको अबस्था कस्तो छ, यो महामारिको अबस्थामा पत्रकारहलाई के भन्न चाहनु हुन्छ र कसरी उनीहरुको मनोबल बढाउँने काम भएको छ ?
हामीले सञ्चार मन्त्रालयले विगतमा प्रवन्ध गर्दै आइरहेको दुर्घटना विमालाई जीवन विमामा रुपान्तरण गर्नुपर्ने माग गर्दै आइरहेका थियौं । सो व्यवस्था कार्यान्वयन भएको छैन । खासमा दुर्घटना विमामा आकर्षण बढ्न सकेन । तैपनि इच्छुक र प्रक्रिया पु¥याएर आउनुभएका साथीहरुको विमा भइरहेको छ । यो कोरोना कहरका बेला न्युन आम्दानी हुने पेशाकर्मीहरुका हकमा विमा कम्पनीहरुले कारोना विमाको प्याकेज ल्याएका छन् । सोही अन्तर्गत उपत्यकाका तिनै जिल्लाका सञ्चारकर्मीहरुको विमा उपत्यका प्रदेश समितिले गर्दै आइरहेको छ । दोस्रो चरणको पनि केही दिनमा हुुने जानकारी प्राप्त भएको छ । जेठ १५ गतेबाट आउन लागेको बजेटमा केही मनोवल उठ्ने प्याकेज आउला भन्ने आशा छ ।
लकडाउँनका कारण जोखिममा परेका सञ्चारकर्मीहरुको लागि के योजना रहेको छ?
यो विकराल समस्याका कारण अब पत्रकारहरु कसरी टिक्ने भन्ने समस्या भएको छ । जेनतेन बाँच्न सफल भएमा पनि कोरोनाको कारणले पुरानै लयमा फर्किन धेरै समय लाग्छ । पेशा पलायन हुने र अधिकांश सञ्चार माध्यमहरु बन्द हुने अवस्था हुनसक्छ । अहिल्यै पनि ठुलो संख्यामा सञ्चारगृहहरुले पत्रकार तथा कर्मचारीहरुलाई बेतलवी विदामा राख्ने, बक्यौता नदिने आधा महिनाको मात्र तलव दिने लगायतका काम गर्दै आएको सुन्नमा आएको छ । यस्तो काम रोकिनुपर्छ । राज्यले सञ्चारकर्मीहरुलाई उपकरण खरिदमा सहुलियत, निव्र्याजी ऋण तथा अन्य राहत प्याकेज घोषण गर्नुपर्छ । यसका लागि पत्रकार महासंघ केन्द्र, प्रेस काउन्सिल, सञ्चार मन्त्रालय, न्युनतम पपारिश्रमिक निर्धारण समिति लगायत सबै सरोकारवालाले एक ठाँउमा उभिएर साझा आवाज राख्न सक्नुपर्छ ।
अन्त्यमा यो संकटको बेला काठमाडौं शाखाका अध्यक्षका रुपमा केही आव्हान छ की ?
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २०७४ साल माघ १२ र १३ गते ककनीमा सम्पन्न विस्तारीत बैठकद्धारा केही विशेष प्रश्तावहरु पारित गरिएका थिए । त्यसलाई हामीले ककनी घोषणपत्र नाम दिएका थियौं । सो पारित विशेष प्रस्तावहरु कार्यान्वयनका लागि हामीले मन्त्रालय लगायत सरोकारवाला निकायलाइ यसअघि नै अवगत गराइसकेका थियौं । १२ बुँदे उक्त प्रश्तावमा सर्वोच्च अदालतले समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनमा ल्याउन आदेश दिएर पनि अहिले सम्म कार्यान्वयनमा नआएकाले तत्काल कार्यान्वयनमा ल्याइयोस्, प्रेस काउन्सीलद्धारा गरिदै आएको पत्रपत्रिकाहरुको वर्गिकरण वैज्ञानिक, परादर्शी र न्यायोचित ढंगले गरियोस् ।  नियमित प्रकाशनमा आएको पत्रपत्रिकालाई एक बर्षमा नै प्रेस काउन्सीलको वर्गिकरणमा समावेस गर्ने व्यवस्था गरियोस्, साना लगानीका मिडियाको  संरक्षण, प्रवद्र्धन तथा निरन्तरताको लागि विशेष योजना ल्याइयोस् र समानुपातिक विज्ञापन प्रणाली लागु नभइन्जेलसम्मका लोक कल्याणकारी विज्ञापनलाई दोब्बर बनाइनुका साथै अनलाइन मिडियालाई व्यवस्थित गराइ लोककल्याणकारी विज्ञापन वा आवश्यक सहुलियत प्रदान गरियोस् भनिएको थियो । त्यतीमात्र होइन सूचना विभागको परिचयपत्र भएका संचारकर्मी र संचालनमा रहेका संचारगृहलाई निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउनुका साथै  ‘एक संचारगृह, एक सवारी साधन’को व्यवस्था गरी भन्सार छुटको नीति ल्याइयोस्, श्रमजीवि पत्रकारको हित संरक्षण तथा प्रवद्र्धन गर्न श्रम समस्याको हल गरियोस् र बढ्दो महंगीलाई ध्यान राखी कम्तिमा श्रमजिवी पत्रकारहरुलाई प्रतिमहिना न्युनतम ३० हजार रुपैंया मासिक तलव व्यवस्था गरियोस्, सरकारले हाल पत्रकारहरुका लागि लागु गरेको दुर्घटना विमालाई जीवन विमामा परिणत गरियोस् र निरन्तर ३० वर्ष पत्रकारिता गरेका अग्रज पत्रकार वा ६० वर्ष उमेर पुगेका वरिष्ठ पत्रकारहरुलाई जिवन निर्वाह भत्ता उपलव्ध गराइयोस् भनेका थियौं ।
त्यस्तै सक्रिय पत्रकारिता गर्ने पत्रकारहरुका लागि हरेक सरकारी तथा नीजी अस्पतालहरुमा उपचार गर्दा  निशुल्क शैयाको व्यवस्था गरियोस्, साना लगानीका मिडियाको लागि सहुलियत दरमा वा ५० प्रतिशत अनुदानमा कागज, ल्यापटप, विद्युतीय उपकरण, क्यामरा लगायतका सामान खरिद गर्न पाउने व्यवस्था गरियोस्  र समावेसी संचार नीति अन्तरगत महिला, आदिवासी, जनजाती, दलित, अपाङ्ग, सिमान्तकृतलगायत पिछडिएका समुदायको संचारमा पहुँच स्थापना गर्न आवश्यक नीति कार्यान्वयन ल्याइयोस् भनेका थियौं । ति मागहरु अझै सान्दभीक छन् । कोरोना कहरले क्षविक्षत हुन थालेको अवस्थामा उल्लेखित मागहरु मध्ये सबै नकसे पनि सक्नेजति पुरा गरोस् भन्ने आग्रह गर्दछु । यति भएमा हामी विस्तारै पुरानो अवस्थामा फर्किन सक्नेछौं ।
अन्त्यमा भन्नैपर्ने केही छ ?
अधिकांश कुरा माथी आइसक्यो । मुलत यो जटिल अवस्थामा हामी जो जहाँ छौं, एकले अर्कोलाई सहयोग गरौं । राजधानीमा रहने सबै पत्रकार साथीहरुलाई हामीले आफ्नो अर्काको नभनी सक्दो सहयोग गर्दै आएका छौं । कृपया तपाँइहरुलाई पनि केही समस्या परेको खण्डमा हामीलाई सम्पर्क गर्दा सकेको, भ्याएको मद्दत गर्न र समस्याको सहजिकरण गर्न लाग्ने छौं । यसमा कुनै धक नमान्नुहोला । काठमाडौं शाखा सबैको शाखा हो भन्न चाहन्छु ।

, , , , ,