मेलम्ची नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

चौतारा, जेष्ठ १६ । 
चाइल्ड नेपाल उइ वल्ड जिभिसी इलगिकले मेलम्ची नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि १३ थान पीपीइ, १३ थान थर्मल गन र २६ थान ल्ढछ मास्क आज चाइल्ड नेपालले मेलम्ची नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
यस प्रकारको सहयोगले मेलम्ची नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई आगामी दिनहरुमा सहज रुपमा कोरोना संक्रमण परिक्षण गर्न सहज हुने मेलम्ची नगरपालिकाका उपमेयर श्री भगवती नेपालले बताउनु भयो ।
सहयोग सामग्री ग्रहण गर्दै उहाँले नगरपालिकाको तर्पmबाट चाइल्ड नेपाल र उइ वल्ड जिभिसी इलगिक लाई धन्यवाद व्यक्त गर्नुभयो ।
चाइल्ड नेपालले विगत १३ वर्षदेखि मेलम्ची क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाई बाल संरक्षण, शिक्षा र स्वास्थ्यका कार्यक्रमहरु सञ्चालन गर्दै आएको र कारोनाको संक्रमणका लागि यस प्रकारको सहयोगले मेलम्ची नगरपालिकालाई सहयोग गर्ने कुरा सहयोग सामग्री हस्तान्तरण गर्दै चाइल्ड नेपालका निर्देशक मोहन दँगलाले बताउनु भयो ।

, , ,