२ हप्ता क्वारेन्टाइन बसेर घर फर्केका १ पुरुषको मृत्यु

चौतारा, जेष्ठ १८
वैशाख मेलचौरमा रहेको १४ दिन क्वारेन्टाइन बसेर घर फर्केका चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ का एक व्यक्तिको गएराति मृत्यु भएको छ । 
mirtu Archives | Kendrabindu Nepal Online News
चौतारा साँगाचोकगढी १३ का ६८ वर्षका पुरुषको एक्कासि बिरामी भएर मृत्यु भएको वडाध्यक्ष रामप्रसाद गौतमले जानकारी दिनुभएको छ ।
उनी गत वैशाख १० गते काठमाडौंको हरिसिद्धीबाट घरमा आएका थिए । बैशाख २४ मा दुई हप्ता पुगेपछि उनको आरडीटी परीक्षणमा नेगेटिभ देखिएपछि घर पठाइएको थियो । मृतकलाई राति श्वासप्रश्वासमा समस्या भएपछि वडामा रहेको स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको थियो ।
स्वास्थ्य चौकिमा नै उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभएको छ । उनमा कोरोना संक्रमणका आशंका गरीे स्वाब संकलन गरेर परीक्षणको लागि काठमाडौं पठाइएको  छ ।

, , ,