मेलम्ची नगरपालिका वडा नं १३ को कार्यलयमा धर्ना

चौतारा, बैशाख २९ । 
मेलम्ची नगरपालिका १३ साविक फटकशीला गाविसका स्थानीयले आज वडाकार्यलयमा धर्ना दिएका  छन्  ।
आफूहरुलाई वडाको वक्तव्य अनुसार एक हप्तसम्म रोजगा पाउनु पर्ने माग गर्दै उनिहरुले वडाकार्यलयमा धर्ना दिएको हो । यसअघि वडाले कोरोनाका कारण मारमा परेका वडावासीलाई दैनिक  श्रमदान गर्न लगाई ७२०का दरले ज्याला दिई १ घर १रोजगार बनाउने वक्तव्य जारी गरेको थियो ।  वडाको वक्तव्य अनुसार स्थानीयहरु आईतबार सामाजिक दुरी कायम गर्दै ४ भागमा बाँडिएर १५० जना स्थानीय सडक निर्माण कार्यमा जुटेका थिए ।
विहान ११ बजेदेखि साँझा ५ बजेसम्म काम गराउने वडाको निर्णय अनुसार सोमबार सोही काममा जाँदा कुनै पनि काम नभएको र तत्काल कुनै राहत प्याकेज नभएको वडाले बताएकाले स्थानीयले आक्रोसका साथ वडा कार्यलयमा धर्ना दिएका हुन् ।
वडाले जारी गरेको वक्तव्य अनुसार नै आफूहरुलाई ७ दिन सम्म १ घर १ रोजगार बनाउनु पर्ने नभए आईतबारको पारिश्रमिक भए पनि दिनुपर्ने आफूहरुको माग रहेको धर्नामा बसेका एक स्थानीयले बताएका छन् ।



, , ,