चोरीको स्कुटर सहित मानिस पक्राउ


         सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका  वडा नं.११ बाट चोरी गरिएको स्कुटर सहित अच्युत श्रेष्ठ बिकाश तामाङलाइ पक्राउ गरिएको जिल्ला  प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।


जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक माधब प्रसाद काफ्लेका अनुसार  जेक्ष्ठ ११ गते बिहान अं.११.०० बजेको समयमा जिल्ला सिन्धुपाल्चोक मेलम्ची नगरपालिका  वडा नं.११ स्थित मेलम्ची बजारमा खटिएको प्रहरी टोलीले बिभिन्न सवारी साधनहरु चेकजाच गर्ने क्रममा उक्त स्कुटर फेला परेको हो ।
  बिपरीत दिशा तर्फबाट जि.सि.पा.मेलम्ची न.पा.वडा नं. ११ बस्ने बर्ष २३ को अच्युत श्रेष्ठले चलाई लिई आएको  प्रदेश ३(०२(००१प १९२७ नं. को स्कुटीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त स्कुटी चोरीको भनि बुझिएकोले वास्तविकता बुझ्न महानगरीय ट्राफिक महाशाखा रामशाहपथमा बुझ्दा उक्त स्कुटी मिति २०७६।१०।१६ गते का.जि.का.म.न.पा.वडा नं. ०५ सानो गौचरणमा रहेको ग्यास र पानी सप्लायर्स पसल अगाडीबाट ऐ का.म.न.पा.३० बस्ने बर्ष २४ को प्रभात थापाको  हराएको भनि खुल्न आएको हुदा उक्त स्कुटी र पक्राउ परेका अच्युत श्रेष्ठ ,मेलम्ची न.पा.१० बस्ने बिकाश तामाङ समेतलाई नियन्त्रणमा लिई म.न.प्र.बृत मालीगाउँ काठमाण्डौमा आवश्यक कार्वाहीको लागि पठाउन लागीेएको छ  ।

,