कोरोनाबाट सिन्धुपाल्चोक जिल्ला हालसम्म सुरक्षित छः प्रमुख जिल्ला अधिकारी ढकाल

चौतारा, जेष्ठ २१ । 
बिश्व नै आक्रान्त बनाइरहेको कोरोना भाइरसबाट सिन्धुपाल्चोक जिल्ला हालसम्म पनि सुरक्षित नै रहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभएको छ ।

 सिन्धुपाल्चोक जिल्लाले सरकारले लागु गरेको लकडाउनको शुरुबाट नै पुर्ण पालन गर्न र गराउन सफल हुनु नै यस सफलताको देन रहेका  ढकालले बताउनुभएको छ ।
‘सिन्धुपाल्चोक जिल्लाको दुर्भाग्य भन्नुपर्छ, कोरोनाको कारण पहिलो मृत्यु सिन्धुपाल्चोक जिल्लामा नै हुन पुग्यो , अचानक रुपमा घटेको उक्त घटनाले हामीमा दुखि बनायो तर अब हामी सुरक्षित छौ’ उहाँले भन्नुभयो । हामिले सम्पुर्ण सरकारवाला सँग मिलेर कोरोना भाइरससँग लडन सम्पुर्ण तयारी पुरा गरेका छौँ जिल्लामा रहेका क्वारेन्टाइन र आइसोलेन आबश्यकता अनुसार बढाउने निर्णय समेत भएको उहाँको भनाइ रहेको छ । 
बाहिर जिल्ला र भारतबाट आएका सम्पुर्ण मानिसहरुलाई व्यवस्थित रुपमा १४ दिनसम्म क्वारेन्टाइनमा राखेर कोरोनाको आरडिटि टेष्ट गरेर पठाइरहेको समेत उहाँले बताउनुभएको छ । 
उहाँले यस्तो अबस्थामा सरकारले लागु गरेका लकडाउनको पुर्ण पालना गर्दै यो परिस्थितीमा सरकारको निर्णय उलघंन नगर्न अनाबश्यक  घर बाट बाहीर निस्कने,  अनाबश्यक रुपमा जम्मा हुने काम नगर्न आम सिन्धुबासीमा अनुरोध समेत गर्नुभएको छ ।
सबारी पासको लागि हैरानी नलिन र कही कतै अत्याबश्यक परेमा वा कुनै समस्या परेमा स्थानीय जनप्रतिनिधी तथा नजिकको सुरक्षा निकाय सँग सम्पर्क राख्न समेत उहाँले अनुरोध गर्नुभएको छ ।

, , ,